Logo

हङकङमा जारी टी-२० सिरिजमा पपुवा न्युगिनीलाई हराउँदै नेपाल फाइनलमा, कुशल भुर्तेलको उत्कृष्ट प्रदर्शन

हङकङमा जारी टी-२० सिरिजमा पपुवा न्युगिनीलाई हराउँदै नेपाल फाइनलमा, कुशल भुर्तेलको उत्कृष्ट प्रदर्शन



काठमाडौँ । नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई पराजित गरेको छ । हङकङमा जारी टी–२० सिरिजअन्तर्गत नेपालले पिएनजीलाई ८५ रनले पराजित गरेको हो । नेपालले दिएको १९९ रनको लक्ष्य पछाएको पिएनजीले १६.१ ओभरमा अलआउट हुँदै ११३ रन मात्र बनाएको थियो । पिएनजीका लागि हिरी हिरीले सर्बाधिक २८ रन बनाए भने सेसे बाउले २१ तथा टोनी उराले १३ र नोसैना पोकानाले १२ रन बनाएका थिए ।

laxmi

त्यसै गरी नेपाली बलर कुशल भुर्तेलले सर्बाधिक ४ विकेट लिएका थिए भने प्रतिस जिसीले २ तथा आकास चन्द र गुलशन झाले एक एक विकेट लिएका थिए । यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १९८ रन बनाएको थियो । नेपालका लागि कुशल भुर्तेलले ५९ र सन्दीप जोराले ५६ रन बनाएका थिए । त्यस्तै बिनोद भण्डारीले २७ रन बनाए भने गुलशन झाले १५, बिबेक यादवले १९ र लोकेश बमले १४ रन बनाएका थिए ।

त्यस्तै पिएनजीका बलर आसाद भालाले २ विकेट लिए भने नोसैना पोकाना, जोन कारिको र नोर्मन भानुवाले एक एक विकेट लिएका थिए । यो जितपछि नेपाल सिरिजको फाइनलमा पुगेको छ । नेपालको २ खेलमा ३ अंक भएको छ । अब आजै हुने हङकङ र पीएनजीबीचको खेलको विजेताले नेपालसँग फाइनलमा बुधबार खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL