Logo

अर्थमन्त्री पुनलाई सेयर बजारको स्वागत, बढेर बन्द भएको बजारमा तीन अर्ब ४५ करोडको कारोबार

अर्थमन्त्री पुनलाई सेयर बजारको स्वागत, बढेर बन्द भएको बजारमा तीन अर्ब ४५ करोडको कारोबार



काठमाडौं । काठमाडौं । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनलाई सेयर बजारले स्वागत गरेको छ । अर्थमन्त्रीमा पुनको नियुक्ति निश्चित भएसँगै दोहोरो अंकले घटेको बजार अन्त्यमा भने बढेर बन्द भएको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सोमबार सकारात्मक सर्किट र मङ्गलबार उच्च अङ्कको गिरावटपछि आज बजार सम्हालिएको हो ।

laxmi

परिसूचक नौ दशमलव ३३ अङ्कले बढेर दुई हजार १७ दशमलव ०३ अङ्कमा पुगेको छ । आज विभिन्न तीन सय आठ कम्पनीका ९१ लाख ३८ हजार एक सय ५४ कित्ता शेयर ५८ हजार नौ सय ४० पटक खरिदबिक्री हुँदा रु तीन अर्ब ४५ करोड आठ लाख ३८ हजार तीन सय ५७ को कारोबार भएको छ ।

आजको कारोबारमा बैंकिङ, जीवन बीमा र म्यूचुअल फण्डबाहेकको समूहको उपसूचक बढेको छ । डोल्टी पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने स्वरोगजार लघुवित्त वित्त विकास बैंकको आठ दशमलव ७०, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आठ दशमलव ६७, गुर्खाज फाइनान्सको आठ दशमलव ०९ र सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य आठ प्रतिशतले बढेको छ ।

धेरै गुमाउनेमा मोलुङ हाइड्रोपावर कम्पनी नौ दशमलव ७१ र ग्लोबल आईएमई ब्यालेन्स फण्ड(१ को शेयर मूल्य पाँच दशमलव ५४ प्रतिशतले घटेको छ । कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको रु ३३ करोड ३७ लाख ७८ हजार आठ सय सात बराबरको छ लाख ५७ हजार सात सय ३९ कित्ता शेयर कारोबार भएको छ ।

नवनियुक्त अर्थमन्त्री पुनले विगतमा अर्थमन्त्रालयको जिम्मेवारी सम्हाल्दा पनि निकै तल रहेको सेयर बजारमा उछाल आएको थियो । यसपटक पनि सेयर लगानीकर्ताहरुले अर्थमन्त्रीमा पुन नियुक्त भएसँगै केही महिनायता निकै तल पुगेको बजारमा फेरि सुधार आउने अपेक्षा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL