Logo

कांग्रेसहितको सत्ता गठबन्धन टुट्यो : एमालेसहित नयाँ गठबन्धन बन्दै, रवि गृहमन्त्री, अर्थमन्त्री को बन्ला ?

कांग्रेसहितको सत्ता गठबन्धन टुट्यो : एमालेसहित नयाँ गठबन्धन बन्दै, रवि गृहमन्त्री, अर्थमन्त्री को बन्ला ?



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको कांग्रेससहितको सत्ता गठबन्धन पुनः भत्किएको छ। सोमबार एमाले, रास्वपा, जसपा लगायतका दल सम्मिलित नयाँ सत्ता गठबन्धन बन्ने सहमतिसँगै वर्तमान गठबन्धन टुटेको हो । एमाले स्रोतका अनुसार सोमबार नै नयाँ मन्त्रिपरिषद् गठन हुनेछ । आजै सरकार परिवर्तन र नयाँ मन्त्री परिषद बन्ने र सानो आकारको मन्त्रिमण्डलले आज सपथ लिने एमाले नेता तथा पूर्वअर्थमन्त्री सुरेन्द्रपाण्डेले सामाजिक सञ्जालमा लेखेका छन्।

laxmi

नयाँ गठबन्धन निर्माणका लागि भइरहेको प्रारम्भिक छलफलमा सभापति लामिछानेलाई उपप्रधान तथा गृह मन्त्रालय दिने भनिएको छ। यस्तै सरकारमा अर्को महत्वपूर्ण मन्त्रालयका रुपमा रहेको अर्थ मन्त्रालय कसले पाउने टुंगो लागिनसकेको बताइएको छ । अर्थमा माओबादी र एमाले दुवैको दाबी छ । अर्थमन्त्रीका लागि एमालेबाट विष्णुप्रसाद पौडेल तथा माओबादीबाट वर्षामान पुनको नाम चर्चामा छ ।

अघिल्लो वर्ष पुस १० अघिसम्म कांग्रेस, माओवादी केन्द्रलगायतका दल सम्मिलित गठबन्धन थियो । तर सो गठबन्धनबाट प्रधानमन्त्री बन्न नसक्ने भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त्यही दिन एमालेसँग नयाँ गठबन्धन निर्माण गरी प्रधानमन्त्री नियुक्त भएका थिए। त्यसलगत्तै प्रचण्डले एमाले लगायतका दल सहभागी सो गठबन्धन भत्काएर कांग्रेससँगकै गठबन्धन ब्युँत्याएका थिए।

सोहीअनुसार राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित हुने परिस्थिति बनाएका थिए । एमालेसँगको गठबन्धन भत्किएको एक वर्ष पुग्दै गर्दा प्रचण्डले पुनः कांग्रेससँगको गठबन्धन भत्काएका हुन्। नयाँ गठबन्धन निर्माणका लागि आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति रवि लामिछाने, जसपा अध्यक्ष उपेन्द्र यादव लगायतले छलफल गरेका थिए । त्यहाँ भएको सहमतिलाई आज आ–आफ्नो बैठक बोलाएर ब्रिफिङ गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्
MBL