Logo

बंगलादेश र नेपालबीच आज विद्युत व्यापार सम्झौता हुँदै, ४० मेगावाट विद्युत निर्यात हुने

बंगलादेश र नेपालबीच आज विद्युत व्यापार सम्झौता हुँदै, ४० मेगावाट विद्युत निर्यात हुने



काठमाडौं । नेपाल र बंगलादेशबीच आज विद्युत व्यापार सम्झौता हुने भएको छ । बंगलादेशमा निर्यात गरिने बिजुलीको खरिद–बिक्री दर तय गर्न नेपाल विद्युत् प्राधिकरणको टोली बंगलादेश पुगिसकेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोली बुधबार बंगलादेश गएको हो ।

laxmi

टोलीले आज बंगलादेशको पावर डेभलपमेन्ट बोर्डसँग छलफल गरेर विद्युत् खरिद–बिक्रीदर टुंगो लगाउनेछ । टोलीमा प्राधिकरणका उच्च अधिकारीसहित कानुन तथा विद्युत् व्यापार बिभागका प्रतिनिधिहरू छन् । बिहीबार छलफलले पीपीए दरसँगै भुक्तानी गर्ने समयसीमा, विद्युत् उपलब्ध गराउन नसके हुने पेनाल्टीलगायत बिषयमा पनि सहमति गरिने बताइएको छ ।

नेपालबाट विद्युत निर्यातका क्रममा ह्विलीङ चार्ज भने बंगलादेशले नै तिर्ने प्रारम्भिक सहमति भएको छ । बंगलादेशले गत माघ दोस्रो साता ४० मेगावट विद्युत् किन्ने नेपालसँग प्रस्ताव मागेको थियो । त्यसलगत्तै प्राधिकरणले बंगलादेशमा पेस गरेको प्रस्तावमा बिहीबार छलफल गरी अन्तिम रूप दिइने प्राधिकरणले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL