Logo

प्रतितोला ४०० रुपैंयाले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

प्रतितोला ४०० रुपैंयाले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं। साताको चौथो कारोबार दिन बुधबार सुनको भाउ बढेको छ । बुधबार सुन प्रतितोला ४०० रुपैंयाले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

laxmi

महासंघका अनुसार आज छापावाला सुन मूल्य प्रतितोला १ लाख १८ हजार ४०० रुपैयाँ कारोबार भइरहेको छ भने आज तेजावी सुन प्रतितोला १ लाख १७ हजार ८५० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन मंगलबार पनि छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख १७ हजार ४५० रुपैयाँ थियो ।

त्यसैगरी, आज चाँदीको भाउ प्रतितोला ५ १ हजार ४१५ रुपैंयामा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४१० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL