Logo

बेलायतसँग ११ अर्ब ७२ करोडको अनुदान सम्झौता, हरित विकास र व्यवसाय विस्तारमा खर्च गरिने

बेलायतसँग ११ अर्ब ७२ करोडको अनुदान सम्झौता, हरित विकास र व्यवसाय विस्तारमा खर्च गरिने



काठमाडौं । नेपाल सरकार र बेलायत सरकारबीच २ ओटा अनुदान सहयोगसम्बन्धी सम्झौता भएको छ । नेपाल इन बिजनेस (एनआइबी) र प्राविधिक तवरबाट हरित विकास कार्यक्रम कार्यन्वयन गर्नका लागि ७० मिलियन पाउन्ड स्टर्लिङ (आजको नेपाली विनिमय दरअनुसार ११ अर्ब ७२ करोड ५७ लाख ४० हजार रुपैयाँ) बराबरको सम्झौता भएको हो ।

laxmi

नेपालका तर्फबाट अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र बेलायतको तर्फबाट नेपालका लागि बेलायति राजदूतावासका विकास निर्देशक पिप्पा बर्डले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । उक्त अनुदान व्यवसाय विस्तार, गरिवी न्यूनिकरणलगायतमा खर्च गरिने बताईएको छ ।

यसले साना तथा मझौलाआकारका उद्योग व्यवसायलाई फैलाउन र उनिहरुको उत्पादकत्व वृद्धि गर्न सघाउनेछ । सरकारसँगको सहकार्य गर्दै थप उद्यम उद्योगयोग्य वातावरण निर्माण गर्नका लागि विशेष भुमिका खेल्ने बताईएको छ । यसैगरी ग्रिन ग्रोथ नेपाल कार्यक्रमले भने नेपालको विकासमा हरित विकासलाई प्राथमिकतामा राख्न सघाउनेछ । यसले यस्तो क्षेत्रमा लगानी बढाउन मद्धत पुर्याउने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL