Logo

विकल र सुनिललाई थप १० दिन थुनामा राख्ने अनुमति, गैरकानूनी सम्पत्ति आर्जनमा अनुसन्धान हुँदै

विकल र सुनिललाई थप १० दिन थुनामा राख्ने अनुमति, गैरकानूनी सम्पत्ति आर्जनमा अनुसन्धान हुँदै



काठमाडौं । गैरकानूनी सम्पत्ति आर्जन गरेको उजुरीको अनुसन्धानमा पक्राउ परेका विकल पौडेल र सुनिल पौडेललाई विशेष अदालतले थप १० दिन थुनामा राख्न अनुमति दिएको छ ।

laxmi

म्याद थपका लागि बुधबार विशेष अदालतमा पेश भएकोमा थप १० दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन अनुमति भएको, विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले बताए । दुवैजना गत १० माघमा पक्राउ परेका थिए । विशेष अदालतले पौडेलद्धयलाई गत १६ माघमा दोस्रोटपकट ७ दिन थुनामा राख्ने अनुमति दिएको छ।

पौडेलद्वयलाई गैरकानूनी सम्पत्ति आर्जन गरेको भनी परेको उजुरीका सम्बन्धमा अख्तियारबाट अनुसन्धान भइरहेको जनाइएको छ। दुवै जनाले नेपाल राष्ट्र बैंकको स्वीकृतिबेगर विदेशी बैंकमा खाता खोली रकम जम्मा गरेको, नेपालको सरकारी सेवामा कार्यरत रहँदाकै अवस्थामा अन्तर्राष्ट्रिय परामर्शदाताको पदमा औपचारिक रूपमा नियुक्ति लिएको भेटिएको अख्तियारको दाबी छ।

विकल पौडेलको हकमा निजले संयुक्त राज्य अमेरिकाको स्थायी आवासीय अनुमतिसमेत लिएको देखिएको र उनीहरूले कसुरसम्बद्ध प्रमाण नष्ट गर्न सक्ने र भागीजाने सम्भावना भएकाले पक्राउ पुर्जी दिई हिरासतमा लिइएको अख्तियारले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL