काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईविरुद्ध नै अख्तियारमै उजुरी परेको छ। युवराज पौडेल ९सफल०ले आयोगमै उपस्थित भएर प्रमुख राईविरुद्ध आधिकारिक रूपमा उजुरी दर्ता गरेका हुन्।
उजुरीमा प्रमुख राईलाई वाइडबडी विमान खरिद प्रकरण, नेपाल आयल निगमको जग्गा खरिद भ्रष्टाचार, र नक्कली भुटानी शरणार्थी काण्डजस्ता गम्भीर घोटालामा संलग्न रहेको आरोप लगाइएको छ। यिनै विषयमा निष्पक्ष छानबिन गरी कानुनी कारबाही अघि बढाउन माग गरिएको छ।
राई अख्तियारको नेतृत्वमा रहँदा पनि उच्चस्तरीय घोटालाहरूमा मुछिएको व्यक्तिले अनुसन्धानबाट जोगिएको भन्दै उजुरीमा गम्भीर प्रश्न उठाइएको छ।