Logo

सेयर बजारमा सुधार जारी, सामान्य अंकले बढेको बजारमा ३ अर्ब २१ करोडको कारोबार

सेयर बजारमा सुधार जारी, सामान्य अंकले बढेको बजारमा ३ अर्ब २१ करोडको कारोबार



काठमाडौं । सेयर बजार साताको अन्तिम कारोबार दिन बिहीबार सामान्य अंकले बढेर बन्द भएको छ । बिहीबार बजार ५.७० अंकले बढेर २०९६ को विन्दुमा कायम हुन पुगेको छ ।

laxmi

बिहीबार नेप्सेमा ३१७ कम्पनीको ९१ लाख ७१ हजार ७१० कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २१ करोड २२ लाख ८३ हजारको कारोबार भएको छ । बजारमा सुधार आउँदा ९ वटा उपसूचकमा हरियाली छाएको छ ।

सेयर बजारमा सुधार आउँदा समाज लघुवित्त र बुद्धभुमी नेपाल हाइड्रोपावको सेयरमा सकरात्मक सर्किट लाग्यो । त्यसैगरी, त्रिशूली जलविद्युतको ९.८४ प्रतिशत, मायाखोला हाइड्रोपावरको ७.७८ प्रतिशत, श्वेतगंगा हाइड्रोपावरको ७.४९ प्रतिशतले सेयर मूल्य बढेको छ ।

यस्तै बिहीबार सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको सेयर कारोबार भयो । सो कम्पनीको १७ करोड ५९ लाख ४९ हजार रुपैया बराबरको कारोबार भएको छ ।

कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको चन्द्रगिरी हिल्सको ८ करोड ५९ लाख ४६ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । त्यस्तै बिहीबार अपी पावर कम्पनीको ७ करोड ३२ लाख ९५ हजार रुपैयाँ, ङादी ग्रुप पावरको ६ करोड ९७ लाख १८ हजार रुपैयाँ र एनआरएन इन्फ्रास्ट्रक्चरको ५ करोड ९५ लाख ४९ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL