Logo

सेयर बजारमा १४.५७ अंकको वृद्धि, कारोबार भने साढे २ अर्ब पनि पुगेन

सेयर बजारमा १४.५७ अंकको वृद्धि, कारोबार भने साढे २ अर्ब पनि पुगेन



काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सुधार देखिएको छ । सोमबार बजार १४.५७ अंकले बढेर २०७६ को विन्दुमा कायम हुन पुगेको हो । बजारमा सुधार देखिएपनि कारोबार रकम भने साढे २ अर्ब पनि पुगेन । सोमबार नेप्सेमा ७४ लाख ९१ हजार ३ सय ३ कित्ता सेयर २ अर्ब ४३ करोड ८० लाख ५८ हजार २ सय ५४ रुपैयाँको सेयर कारोबार भयो ।

laxmi

आज सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको सेयर कारोबार भएको छ । आज कम्पनीको १८ करोड ५९ लाख ५ हजार रुपैया बराबरको कारोबार भएको छ ।

कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको ङादी ग्रुप पावरको १५ करोड ४६ लाख ९५ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ

त्यस्तै सोमबार हाथवे इन्भेष्टमेन्टको ८ करोड २३ लाख १५ हजार रुपैयाँ, चन्द्रागिरी हिल्सको ५ करोड ९९ लाख ७३ हजार रुपैयाँ र रिडी पावर कम्पनीको ५ करोड ५५ लाख ८५ हजार रुपैयाँको कारोबार भएको हो । यसैगरी नेपाल दुरसंचार कम्पनी, पिपुल्स पावर लिमिटेड, समाज लघुवित्त र जोशी हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL