Logo

साताको तेस्रो दिन पनि बढ्यो बजार, १५ अंकले बढेको बजारमा साढे ५ अर्ब बढीको कारोबार

साताको तेस्रो दिन पनि बढ्यो बजार, १५ अंकले बढेको बजारमा साढे ५ अर्ब बढीको कारोबार



काठमाडौं । आइतबार र सोमबार बढेको सेयर बजारमा साताको तेस्रो कारोबार दिन मंगलबार पनि वृद्धि कायमै रहेको छ । मंगलबार सेयर बजार १४.८८ अंकले बढेर २११९ को विन्दुमा पुगेको छ । मंगलबार सेयर बजारमा सुधार आउँदा ५ अर्ब ५४ करोड ४२ लाख १७ हजार ५९३ रुपैयाँको एक करोड ५१ लाख ७८ हजार ३६८ कित्ता सेयर कारोबार भएको नेप्सेको जानकारीमा छ ।

laxmi

मंगलबार सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको सेयर कारोबार भएको छ । सो कम्पनीको ७५ करोड २७ लाख ८६ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको ङादी ग्रुप पावरको २२ करोड २० लाख ३३ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै आज नेपाल रिइन्स्योरेन्स कम्पनीको २० करोड ७८ लाख ४४ हजार रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको १४ करोड ९७ लाख ९३ हजार रुपैयाँ र यूनाइटेड मोदी हाइड्रोपावरको १३ करोड ४९ लाख २३ हजार रुपैयाँको कारोबार भएको हो ।

यस्तै मंगलबार चन्द्रगिरी हिल्स, समाज लघुवित्त र रावा इनर्जी डेभलपमेन्ट सेयरमा सकरात्मक सर्किट लाएको छ । त्यसैगरी, सिनर्जी पावर डेभलपमेन्टको ८.७२ प्रतिशत, सिंगटी हाइड्रोको ८.२३ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL