Logo

नेपालगञ्जको आइसिपी छिटो सञ्चालनमा ल्याउन समितिको पहल, निर्माण अन्तिम चरणमा

नेपालगञ्जको आइसिपी छिटो सञ्चालनमा ल्याउन समितिको पहल, निर्माण अन्तिम चरणमा



काठमाडौं । नेपालगञ्जमा निर्माणाधीन एकीकृत जाँच चौकी (आइसिपी) निर्माण अन्तिम चरणमा पुगेको छ । नेपालको अन्तराष्ट्रिय व्यापारलाई थप सरल, व्यवस्थित र सहज बनाउने उद्देश्यले नेपाल–भारतबीच सो जाँच चौकीको निर्माण अन्तिम चरणमा पुगेको नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए ।

laxmi

४४,३६ हेक्टर क्षेत्रफलमा फैलिएको यस एकीकृत जाँच चौकीको निर्माणमा थप तीव्रता दिन छलफल भएको गजुरेलले जानकारी दिए । गत जेठ १८ मा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबाट संयुक्त रुपमा उक्त एकीकृत जाँच चौकीको उदघाटन भएको थियो ।

चार सीमा नाकाहरु (विराटनगर, वीरगञ्ज, भैरहवा र नेपालगञ्ज) मा दुवैतर्फ समान रुपमा एकीकृत जाँच चौकी (आइसिपी) को निर्माण गर्न नेपाल सरकार र भारत सरकार बीच अगष्ट २, २००५ मा भएको समझदारीअनुरुप यो जाँच चौकी पनि निर्माण भइरहेको छ । वीरगञ्ज र विराटनगरमा एकीकृत जाँच चौकीको निर्माण कार्य सम्पन्न भई सञ्चालनमा आइसकेका छन भने नेपालगञ्जको एकीकृत जाँच चौकीको निर्माण कार्य विस २०७७ असोज गते निर्माण शुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL