Logo

नाडाको नेतृत्व सर्वसम्मत चयनको बाटोमा, गोल्छाले छाडेपछि अध्यक्षमा करण चौधरी चयन

नाडाको नेतृत्व सर्वसम्मत चयनको बाटोमा, गोल्छाले छाडेपछि अध्यक्षमा करण चौधरी चयन



काडमाडौं । नाडा अटोमोवाइल एशोसिएसन अफ नेपालको नयाँ नेतृत्व सर्वसम्मत चयनतर्फ उन्मुख भएको छ । नाडाको आगामी कार्यकालका लागि अध्यक्षमा करण चौधरी सर्वासम्मत हुने निश्चित भएसँगै अन्य पदमा पनि सर्वसम्मत चयनको पहल शुरु भएको छ । नाडाले आगामी पुस २० र २१ गते साधारण सभा गर्दैछ । तर, सभा अघि नै सहमतिको आधारमा नेतृत्व चयन गरिएको हो ।

laxmi

अगामी नेतृत्वका लागि मैदानमा रहेको आकाश गोल्छाले सहमतिमा चौधरीलाई अध्यक्ष बन्न आफ्नो दाबी छाडेका छन् । सहमतिको लामो प्रयासपछि अध्यक्षमा चौधरी सर्वसम्मत रुपमा चयन भएको नाडा स्रोतले जानकारी दिएको छ । यस्तै बाँकी अन्य पदमा पनि सर्वसम्मत बनाउन छलफल जारी रहेको छ ।

नाडाको नेतृत्वका लागि सिजी होल्डिङ्सका चौधरी र जिओ अटोबालइल्सका प्रबन्ध निर्देशक गोल्छ मैदानमा थिए । यसपाली नाडाका वर्तमान अध्यक्ष तथा पूर्वअध्यक्ष सबैको चाहाना पनि सहमतिबाटै नेतृत्व चयन गर्ने थियो ।

सोहीअनुसार नै मंगलबार लामो छलफल र प्रयासबाट अगामी चार वर्षका लागि चौधरी सर्वसम्मत अध्यक्ष बनेका हुन् । चौधरी यसअघि पनि नाडाको अध्यक्ष पदमा उम्मेदवार थिए। उनी हालका अध्यक्ष ध्रुव थापासँग प्यानल बनाएर चुनाव लडेका थिए । तर, उनी थापासँग चुनावमा पराजय व्यहोरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL