Logo

लगातार कमजोर बन्दै नेपाली मुद्रा, डलरको मूल्य हालसम्मकै उच्च

लगातार कमजोर बन्दै नेपाली मुद्रा, डलरको मूल्य हालसम्मकै उच्च



काठमाडौं । पछिल्लो समय विश्वबजारमा अमेरिकी डलरको मूल्य लगातार उकालो लाग्दा नेपाली मुद्रा कमजोर बन्दै गएको छ । आइतबार नेपालमा एक अमेरिकी डलरको मूल्य १ सय ३३ रुपैयाँ ७० पैसा पुगेको छ । यो हालसम्मकै उच्च हो ।

laxmi

नेपाली मुद्राको विनिमयदर भारतीय मुद्रासँग स्थिर हुने व्यवस्थाका कारण भारतीय रुपैयाँमा डलरको दबाव पर्दा नेपाली मुद्रा कमजोर हुन्छ । पछिल्लो समय डलरको मूल्य बढ्दै जाँदा नेपाली मुद्रा भने कमजोर बन्दै गएको छ ।

नेपाल राष्ट्र बैंकले आइतबार नेपालमा अमेरिकी एक डलरको विक्री मुल्य १ सय ३३.१० रुपैयाँ र खरिद मूल्य १ सय ३३.७० रुपैयाँ तोकेको छ ।

नेपाली मुद्रा कमजोर हुँदै जाँदा नेपालले आयातीत सामग्रीका लागि तिर्नुपर्ने रकम उल्लेख्य बढ्ने, आयातको हिस्सा बढ्ने, वैदेशिक मुद्रा संचितिमा दवाब पर्ने विज्ञहरु बताउँछन् । तर, नेपालबाट विदेशमा गएर काम गर्ने श्रमिकहरुले भने नेपालमा डलर पठाउँदा त्यसको मूल्य बढी पाउँछन् । उनीहरुका लागि भने फाईदा हुने देखिन्छ ।

यसरी डलरको मूल्य बढ्दा विश्वबजारमा पर्यटन आय बढ्ने, निर्यात व्यापार फस्टाउने, विप्रेषण आय बढ्नेलगायतका फाईदा हुन्छन् । तर, यसले आयात बढाउने, महंगी बढाउने, विदेशमा गएर पढ्ने विद्यार्थिको खर्च बढाउने, विदेशी ऋणको भार थपिनेलगायतका बेफाईदाहरु पनि निम्तिन सक्छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL