Logo

जाजरकोट भूकम्पबाट १३ जिल्लामा असर : १५३ को मृत्यु, ३६४ घाइते, ६२ हजार घर ध्वस्त

जाजरकोट भूकम्पबाट १३ जिल्लामा असर : १५३ को मृत्यु, ३६४ घाइते, ६२ हजार घर ध्वस्त



जाजरकोट । जाजरकोट भूकम्पबाट झण्डै ६२ हजार घर क्षतिग्रस्त भएका छन् । गत शुक्रबार राति गएको ६।४ म्याग्निच्युडको भूकम्पबाट ६१ हजार ९२३ हजार घरमा क्षति पुगेको विपद् पूर्व तयारी तथा प्रतिकार्य शाखाले जनाएको छ ।

laxmi

शाखाका अनुसार ३५ हजार ३९५ घरमा आंशिक क्षति पुगेको छ भने २६ हजार ५२८ घर पूर्णरूपमा ध्वस्त भएका छन् । सबैभन्दा धेरै जाजरकोटमा ३४ हजार ५०४ घरमा क्षति भएको छ । तीमध्ये २४ हजार ७०७ घरमा आंशिक क्षति भएको छ भने ९ हजार ७९४ घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन् ।

त्यसपछि रुकुम पश्चिमममा २६ हजार ५३१ घरमा क्षति भएको छ । तीमध्ये ९ हजार ९६१ घरमा आंशिक क्षति भएको छ । बाँकी १६ हजार ५७० घर पूर्णरूपमा ध्वस्त भएका छन् । भूकम्पबाट १५३ जनाले ज्यान गुमाएका छन् भने ३६४ जना घाइते छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL