Logo

राधिका अर्याल र विश्वबाबु पुडासैनी सचिवमा बढुवा, यस्तो छ मन्त्रिपरिषदको निर्णय

राधिका अर्याल र विश्वबाबु पुडासैनी सचिवमा बढुवा, यस्तो छ मन्त्रिपरिषदको निर्णय



काठमाडौं । सहसचिव राधिका अर्याल र विश्वबाबु पुडासैनी सचिवमा बढुवा भएका हुन् । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले उनिहरु दुबैलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

laxmi

यसअघि सचिवहरू दामोदर रेग्मी र अर्जुनजङ्ग थापा उमेरहदका कारण अनिवार्य अवकाशमा गएपछि उक्त रिक्त स्थानमा पदपूर्तिका लागि अर्याल र पुडासैनीलाई बढुवा गरिएको बताईएको छ ।

यसअघि लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षताको सचिव बढुवा सिफारिस समितिले सचिव बढुवाका लागि मन्त्रिपरिषदमा सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL