Logo

मनाङ एयर हेलिकोप्टर दुर्घटना : घाइते पाइलट सेढाईको भारतको नेसनल बर्न सेन्टर मुम्बईमा निधन

मनाङ एयर हेलिकोप्टर दुर्घटना : घाइते पाइलट सेढाईको भारतको नेसनल बर्न सेन्टर मुम्बईमा निधन



काठमाडौं । मनाङ एयरका पाइलट क्याप्टेन प्रकाश सेढाईंको निधन भएको छ । उनले चलाएको हेलिकोप्टर गएको असोज २७ गते शनिबार सोलुखुम्बुमा दुर्घटनामा परेको थियो ।

laxmi

दुर्घटनामा परी पाइलट सेढाईं घाइते भएका थिए । उनलाई तत्काल उपचारका लागि काठमाडौंको ह्याप्स हस्पताल लगिएको थियो । तर त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि मुम्बई लगिएको थियो । उनको भारतको नेसनल बर्न सेन्टर मुम्बईमा उपचारका क्रममा हिजो निधन भएको हो ।

वायु सेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलले उपचारका क्रममा मनाङ एयर हेलिकोप्टरका पाइलट सेढाईंको निधन भएको बताए । दुर्घटनामा परी उनको मुखको भाग, हातखुट्टालगायत ४५ देखि ५० प्रतिशत शरीर जलेको थियो । हाइ अल्टिच्युडमा रहेका यात्रु ल्याउन शनिबार बिहान ७ बजेर १३ मिनेटमा उडेको हेलिकोप्टर दुर्घटना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL