Logo

डुबेका कम्पनीमा लगानीकर्ता फसाउने मतियार बन्दै हमाल, कमिशनको खेलमा घाटाका कम्पनीलाई धमाधम आईपीओ

डुबेका कम्पनीमा लगानीकर्ता फसाउने मतियार बन्दै हमाल, कमिशनको खेलमा घाटाका कम्पनीलाई धमाधम आईपीओ



काठमाडौं । महत्वपूर्ण पद धारण गरेका अख्तियारवाल व्यक्तिको गलत कामले लाखौं सर्वसाधारणलाई कसरी असर गर्छ भन्ने कुरा धितोपत्र बोर्डको कामबाट प्रष्ट भएको छ । नियामक निकायको स्वार्थका कारण जारी भएको सेयरको सार्वजनिक निष्काशन (आईपीओ) का कारण सेयर बजारमा अहिले उच्च गिरावट आएको छ । एकतर्फ अर्थतन्त्रमा आएको मन्दी र अर्कोतर्फ बोर्डका अध्यक्ष रमेश हमालले निहित स्वार्थका कारण जस्तोसुकै कम्पनीलाई पनि आईपीओ निष्काशनको स्वीकृति दिएपछि त्यसले सेयर बजारमा नकारात्मक प्रभाव पारेको छ ।

laxmi

विशेषगरी उनले घाटामा गएका कम्पनीलाई पुँजी संकलन गर्ने नाममा बार्गेनिङ गरेर आईपीओ जारीका लागि स्वीकृति दिनथालेपछि सेयर बजार नराम्रोसँग थला परेको हो । ‘बोर्डमा हमाल अध्यक्ष भएर आएसँगै सम्बन्धित कम्पनीका संचालकसँगको मिलेमत्तोमा घाटामा गएका घाटामा गएका कम्पनीलाई पनि खोजीखोजी कागजात मिलाएर आईपीओ स्वीकृति दिएका छन् भने सामान्य नेटवर्थ पोजेटिभ भएका कम्पनीलाई सोहीअनुरुपमा प्रिमियमा आईपीओ निकाल्न अनुमति दिएका छन्,’ एक लगानीकर्ताले भने, ‘उनले त्यस्ता कम्पनीको कागजात मिलाउन तथा बार्गेनिङका लागि ललितपुरको सानेपामा अड्डानै जमाएर बसेका छन् ।’

उनी बोर्डका अध्यक्ष हुँदा संसारभर प्रचलनमा आएको तथा बढी प्रभावकारी र पारदर्शी रहेको बुकबिल्डिङ प्रणालीलाई अघि बढाउने बताएका थिए । सोहीअनुरुप उनले सोसम्बन्धी कार्यक्रमसमेत गराए । तर, त्यसरी बुकविल्डिङमा जाँदा आफ्नो बार्गेनिङ गर्ने तजविजी अधिकार गुम्ने भएपछि हाल उनले एकदमै नेगेटिथ भएका कम्पनीलाई प्रतिकित्ता एक सय रुपैयाँ र नेटवर्थ सामान्य पोजेटिभ भएका कम्पनीलाई प्रिमियममा आईपीओ प्रिमियमा आईपीओ निष्काशन अनुमति दिँदै आएका छन् । त्यतिले मात्रै नभएर आफ्नो कार्यकाल सकिन केही समयमात्रै बाँकी रहँदा बढी कमाउने धन्दामा बुकविल्डिङ प्रक्रियालाई थाती राखेर शक्तिको आडमा जस्तोसुकै कम्पनीले पनि आईपीओ तथा प्रिमियमलाई प्राथमिकता दिँदै सिमित कम्पनीको स्वार्थ पूर्तिका लागि धितोपत्र दर्ता तथा निष्काशन नियमावली नै परिवर्तन गराए ।

यसअघि लगातार ३ वर्ष नाफामा गएका कम्पनीले मात्रै प्रिमियममा आईपीओ जारी गर्न पाउने कानूनी व्यवस्था रहेकोमा अबका दिनमा २ वर्ष नाफामा गएको देखाएमा प्रिमियम मूल्यमा आईपीओ जारी गर्न पाउने बनाएका छन् । साथै अब कुनै पनि कम्पनी पब्लिकमा रुपान्तरण हुने वित्तिकै आईपीओ निकाष्काशन गर्न पाउने भएका छन् । त्यसका लागि कुनै कसिलो मापदण्ड आवश्यक पर्ने छैन । बोर्डकै तथ्यांकलाई आधार मान्ने हो भने पनि हमाल अध्यक्ष भएको डेढ वर्षमा ६५ वटा कम्पनीले आईपीओ स्वीकृति पाईसकेका छन् । घाटामा रहेका तथा मापदण्ड नै नपुग्ने कम्पनीलाई कागजात मिलाएर होस वा जग्गाको रिभ्यालुएशन गर्न लगाएर नेटवर्थ बढाएर आईपीओ निष्काशन अनुमति दिएका छन् भने पोजेटिभ नेटवर्थ भएका सबैजसो कम्पनीले प्रिमियमा आईपीओ निष्काशन अनुमति पाएका छन् । तर हमालले प्रिमियम मूल्यमा आईपीओ निष्काशन अनुमति दिएका कुनै पनि कम्पनीको मूल्य ओपनिङ रेञ्जभन्दा माथि जान सकेको छैन् ।

उनी अध्यक्षमा नियुक्त भएपछि बजार सुधा भन्दा पनि जस्तोसुकै कम्पनीलाई पनि आईपीओ निष्काशन अनुमति दिएर कमाउधन्दामा लाग्दा बजारमा उच्च गिरावट आएको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । ‘जब हमालले जस्तोसुकै कम्पनीलाई पनि कमिशनको खेलमा आईपीओको अनुमति दिए त्यससँगै सेयरमा बजार लगातार गिरावट आएको छ,’ एक ठूला लगानीकर्ताले भने, ‘बजार बढ्नका लागि सुधारका काम गर्नुपर्छ तर हमाल अध्यक्ष भएर आएसँगै बजार सुधार भन्दा पनि हचुवाको भरमा आईपीओ दिएर सप्लाई मात्रै बढाउँदा उच्च गिरावट आयो ।’

केही समय अघिसम्म हमालले राष्ट्र बैंकको नीतिका कारण बजार घटेको लगानीकर्तामाझ बताउँदै आएका थिए । तर, राष्ट्र बैंकले आफ्नो नीतिमा परिमार्जन गर्दै सेयर कर्जा धितोमा १२ करोडको सीमालाई बढाउँदा पनि बजारमा कुनै सुधारको संकेत देखिएको छैन् । यसको मुख्य कारण घाटामा रहेका कम्पनीले आईपीओ पाउनु र बजारमा मागको आधारमा अधिक सप्लाई हुनु नै रहेको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL