Logo

लगानी सप्ताह मनाउँदा लखेटिए नियामक, बोर्डका अध्यक्ष हमालले आईपीओ र प्रिमियममा घुस खाएर बजार घटाएको लगानीकर्ताको आरोप

लगानी सप्ताह मनाउँदा लखेटिए नियामक, बोर्डका अध्यक्ष हमालले आईपीओ र प्रिमियममा घुस खाएर बजार घटाएको लगानीकर्ताको आरोप



काठमाडौं । सेयर बजारका लगानीकर्तालाई सुसुश्चित बनाउने उद्देश्य अनुरुप नेपाल धितोपत्र बोर्डले एक विशेष कार्यक्रमबीच विश्व लगानी सप्ताह २०२३ को आयोजना गर्यो । लगानीकर्तालाई सेयर बजारबारे जानकारी दिन अर्थमन्त्री, राष्ट्र बैंकका गभर्नर र विभिन्न सरोकारवालाहरु सहित सोमबार बोर्डले आयोजना गरेको उक्त कार्यक्रममा लगानीकर्ताबाटै बोर्डका अध्यक्ष रमेश हमाल लेखिटिन पुगे ।

laxmi

उक्त कार्यक्रममा अर्थ मन्त्री डा. प्रकाशशरण महतले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले सेयर बजारमा लागेको क्याप हटाउन नमानेको जानकारी दिए । साथै पछिल्लो समय आफुले सेयर धितो कर्जामा लाग्दै आएको १२ करोड रुपैयाँको सीमा हटाउन प्रयास गरेपनि राष्ट्र बैंकले नमानेको अर्थमन्त्री डा. महतको गुनासो थियो । सबै सरोकारवालाहरुलाई एकै ठाउँमा राखेको आयोजना गरिएको विश्व लगानी सम्मेलनमा राष्ट्र बैंकका गभर्नर अधिकारी भने अनुपस्थित थिए ।

तर कार्यक्रममा उपस्थित लगानीकर्ताहरुले भने अहिले राष्ट्र बैंकको नीतिभन्दा पनि धितोपत्र बोर्डको कमाउधन्दाका कारण बजार धराशायी भएको निष्कर्ष सहित बोर्डका अध्यक्ष हमालको विरोध गरेका थिए । पछिल्लो समयको घट्दो बजारमा अध्यक्ष हमालले सम्बन्धित कम्पनीसँगको मिलेमत्तोमा ममिशन लिएर प्रिमियममा आईपीओ निकाष्काशन अनुमति दिएको तथा नेटवर्थ नेगेटिभ भएको वा आईपीओ निष्काशन गर्न नेटवर्थनै नपुग्ने कम्पनीलाई कमिशनको खेलमा आईपीओ निष्काशन स्वीकृति दिएर बजार घटाउन मुख्य भुमिका खेलेको ओरोप लगानीकर्ताहरुको थियो । कार्यक्रमै लगानीकर्ताहरुले हमाललाई घेरेर अहिलेको अवस्थामा जस्तोसुकै कम्पनीलाई पनि किन आईपीओ दिएको ? कमिशनको खेलमा किन तजविजी अधिकार प्रयोग गर्दै प्रिमियम मूल्यमा आईपीओ निष्काशन अनुमति दिएको ? संसारभर कार्यान्यवयनमा आएको पारदर्शी बुकविल्डिङ प्रणालीलाई किन कार्यान्वयमान नल्याएको भन्दै प्रश्न गरेका थिए । तर हमालले भने यो लगानीकर्ताको चासोको विषय नभई धितोपत्र बोर्डको विषय भएको र यस विषयमा कुराकानी गर्न इच्छा भएमा बोर्डमै आउनुभन्दै हतास मुद्रामा कार्यक्रमस्थल हिमालयन होटलबाट बाहिरिए ।

कार्यक्रममा उपस्थित लगानीकर्ता तथा अन्य सरोकारवालाहरुले पछिल्लो समय राष्ट्र बैंकले सेयर धितोकर्जामा लगाएको क्यापभन्दा पनि धितोपत्र बोर्ड कमाउधन्दामा लाग्दा बजारमा उच्च गिरावट आएको बताएका थिए । ‘बजार एकदमै घट्दो अवस्थामा छ भने मागमा एकदमै गिरावट आएको छ,’ उपस्थित लगानीकर्ताहरुले भने, ‘तर नियमक निकाय धितोपत्र बोर्डले माग सिर्जना गर्न बजारको दायरा विस्तार भन्दा पनि जस्तो पनि कम्पनीलाई स्वार्थ अनुकुल आईपीओको स्वीकृति तथा जथाभावी रुपमा प्रिमियम मुल्यमा आईपीओ ल्याउन दिएर बजार धराशायी बनाउने काम गरे ।’

हुन पनि पछिल्लो समय धितोपत्र बोर्डले आफु अनुकुल हुनेगरी जस्तोसुकै कम्पनीलाई पनि आईपीओ निष्काशन अनुमति दिँदै आएको छ । लगानीकर्ताले भनेझै धितोपत्र बोर्डले जुन कम्पनीलाई प्रिमियम मूल्यमा आईपीओ निष्काशन स्वीकृति दिएर कारोबार खुला भयो ती कुनै पनि कम्पनीको सेयर मूल्य ओपनिङ मूल्य भन्दा माथि जान सकेको छैन । सबैजसो कम्पनीको सेयर मूल्य ओपनिङ मूल्यभन्दा तल छ अर्थात त्यसमा धितोपत्र बोर्डले स्वार्थ अनुकुल प्रिमियम मूल्य निर्धारण गरिदिएको स्पष्ट देखिन्छ । एकतर्फ कमिशनको खेलमा आईपीओ अनुमति दिने अर्कोतर्फ स्वार्थ अनुकुल जलविद्युत कम्पनीलाई हकप्रद निष्काशन स्वीकृति दिँदा पछिल्लो समय बजार क्रयास हुन पुगेको कार्यक्रममा उपस्थित लगानीकर्ताहरुको आरोप थियो ।

लगानीकर्तालाई सेयर बजारको बारेमा जानकारी दिन आयोजना गरिएको कार्यक्रममा तिनै लगानीकर्ताबाट आयोजक अर्थात धितोपत्र बोर्डका अध्यक्ष लखेटिनु लजास्पद भएको सम्बद्ध सरोकारवालाहरु बताउँछन् । ‘नियामकले आफु अनुकुल काम गरेर बजार धराशायी बनाउँदाको उपज हो उनीहरु लगानीकर्ताबाट तिरस्कृत हुनु,’ एक लगानीकर्ताले भने, ‘कार्यक्रमा जसरी लगानीकर्ताबाट बोर्डका अध्यक्ष भाग्नुपर्ने अवस्था आयो त्यो एकदमै दुखद र बोर्डको नालायकीपन हो भन्दा फरक नहोला ।’

यसैगरी कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतले धितोपत्र बोर्डको कमजोरीको कारण सेयर बजारमा विकृति फैलिएको बताएका थिए । नियमकले नियमन गर्न नसक्दा अहिले बजारमा अनेकखालका घटनाहरु घट्ने गरेको बताउँदै अहिले खुलेआम इनसाइडर ट्रेनिङ तथा नियामकबाटै सूचना लिक हुने प्रवृत्ति देखिएको र यसले सर्वसाधारण लगानीकताई फसाउने काम भएको बताएका थिए । यस्ता विषयलाई धितोपत्र बोर्डले नियमनको दायराभित्र ल्याउन नसक्नु अहिलेको कमजोरी भएको उनको तर्क थियो । साथै अर्थमन्त्री डा. महतले सेयर बजारलाई स्वस्थकर बनाउन जरुरी रहेको भन्दै यसका लागि धितोपत्र बोर्डले ध्यानदिनुपर्ने सुझाव दिएका थिए । ‘अहिले बढाइचढाइ गरेर आम लगानीकर्तालाई प्रभाव पार्ने प्रवृत्ति छ, जसका कारण अहिले धेरै लगानीकर्ताहरु पेनिक भएका छन्,’ उनले भने, ‘यसलाई रोक्नका लागि बोर्डले लगानी सुरक्षाका ज्ञान र जागुरुकता पैदा गर्न जरुरी छ ।’

यसैगरी संसदमा बोल्दै सांसद हरि ढकालले पनि धितोपत्र बोर्डको नाम परिवर्तन गरेर ढिलोपत्र बोर्ड राख्नुपर्ने सुझाव दिएका छन् । ‘अहिले धितोपत्र बोर्डले लगानीकर्ताको हितका लागि कुनै काम गरेको छैन,’ उनले भने, ‘तर धितोपत्र बोर्डले अहिले बजार धराशायी बनाउन सीमित व्यक्तिको स्वार्थमा नेगेटिभ नेटवर्थ भएका कम्पनीलाई भक्काभक आईपीओ स्वीकृति दिएर सप्लाई बढाईरहेका छन् भने सोही अनुरुप हकप्रद पनि ।’ धितोपत्र बोर्डमा प्रदुषित राजनीतिक मानसिकता सहितको संस्कार बोकेर अध्यक्ष नियुक्त गर्दा कस्तो नजिता आउँछ भन्ने कुरा अहिले लगानीकर्ताले छर्लङ्ग देखेको समेत ढकालको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्
MBL