Logo

निर्जीवन बीमा कम्पनीहरुले २ महिनामा आर्जन गरे ७ अर्ब बीमा शुल्क, कसले कति कमाए ?

निर्जीवन बीमा कम्पनीहरुले २ महिनामा आर्जन गरे ७ अर्ब बीमा शुल्क, कसले कति कमाए ?



काठमाडौं । चालु आर्थिक वर्ष २०८०–८१ को २ महिनामा निर्जीवन बीमा कम्पनीहरुले ७ अर्ब रुपैयाँभन्दा बढी बीमा शुल्क आर्जन गरेका छन । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको भदौ मसान्तसम्मको तथ्यांकअनुसार २ वटा लघुबीमा कम्पनीसहित १६ वटा निर्जीवन बीमा कम्पनीहरुले कुल ७ अर्ब ८ करोड ५२ लाख ५१ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका हुन् ।

laxmi

यस अवधिमा २ वटा लघु निर्जीवन बीमा कम्पनीले ३ लाख ९५ हजार रुपैयाँमात्रा बीमा शुल्क आर्जन गरेका छन् । यस अवधिमा सगरमाथा लुम्बिनी लाईफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा धेरै ९१ करोड ४७ लाख ७ हजार रुपैयाँ बिमा शुल्क आम्दानी गरेको छ । त्यसपछि, सिद्धार्थ प्रिमियर इन्सुरेन्सले ७३ करोड ४१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

नेपाल इन्सुरेन्सले भने सबैभन्दा थोरै २३ करोड ६१ लाख १८ हजार रुपैयाँ बीमा शुल्क आम्दानी गरेको छ । चालु आर्थिक वर्षको एक महिनाको अवधिमा निर्जीवन बीमा कम्पनीले कुल ४ लाख ८ हजार ९७३ वटा बीमा लेख जारी गरेका छन् भने २ वटा लघु निर्जीवन बीमा कम्पनीले १०७ वटा मात्र बीमा लेख जारी गरेका छन् । सबैभन्दा धेरै सिद्धार्थ प्रिमियर इन्सुरेन्सले ५० हजार ८६१ वटा बीमा लेख जारी गरेको छ ।

बाँकी बीमा शुल्क (सूचीमा)

प्रतिक्रिया दिनुहोस्
MBL