Logo

को हुन् साढे चार करोड रुपैयाँ भ्रष्टाचार गरेर भ्रष्टाचारी ठहर भएका पूर्वमन्त्री रामकुमार श्रेष्ठ ?

को हुन् साढे चार करोड रुपैयाँ भ्रष्टाचार गरेर भ्रष्टाचारी ठहर भएका पूर्वमन्त्री रामकुमार श्रेष्ठ ?



काठमाडौं । अकुत सम्पत्ति आर्जन मुद्दामा पूर्वमन्त्री रामकुमार श्रेष्ठ दोषी ठहर भएका छन् । विशेष अदालतले आज (सोमबार) श्रेष्ठलाई दोषी ठहर गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले श्रेष्ठकी श्रीमती र छोरा समेतलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो । श्रेष्ठ पूर्व सचिव समेत हुन् ।

laxmi

उनी खिलराज रेग्मी नेतृत्वको सरकारमा पर्यटन, शान्ति तथा खेलकुदमन्त्री बनेका थिए । २०२६ सालमा शिक्षकबाट सरकारी सेवा थालेका उनी २०३६ सालमा शाखा अधिकृत नियुक्त भएका थिए । उनले २०६४ सालमा सचिवबाट अवकाश पाएका हुन् ।

श्रेष्ठविरुद्ध ४ करोड ४५ लाख २७ हजार ६ सय ६६ रुपैयाँ ९८ पैसा बिगो दावी गर्दै अख्तियारले मुद्दा दायर गरेको थियो । उनले सरकारी सेवामा रहँदा ६ करोड ९० लाख १६ हजार ६२७ आर्जन गरेको र ११ करोड ३५ लाख ४४ हजार २९४ खर्च गरेको देखिएको भन्दै ४ करोड ४५ लाख २७ हजार ६६६ रुपैयाँको स्रोत नदेखिएको अख्तियारले दाबी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL