Logo

क्यानडाबाट फर्केपछि अर्थमन्त्रीको निष्कर्ष : जथाभावी विदेश पढ्न जान रोक्नुपर्छ, अब ५० प्रतिशत छात्रवृत्ति पाउनेलाई मात्रै अनुमति

क्यानडाबाट फर्केपछि अर्थमन्त्रीको निष्कर्ष : जथाभावी विदेश पढ्न जान रोक्नुपर्छ, अब ५० प्रतिशत छात्रवृत्ति पाउनेलाई मात्रै अनुमति



काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अब विदेशी विद्यालयहरुबाट ५० प्रतिशत छात्रवृत्ति पाउने विद्यार्थीलाई मात्रै विदेश अध्ययनमा जान दिनुपर्ने बताएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले पछिल्लो समय लहैलहैमा लागेर विदेश जाने प्रवृत्ति बढेको भन्दै यसलाई रोक्नुपर्ने बताएका हुन् ।

laxmi

इन्स्टिच्युट अफ सोसियो ईकोनोमिक रिसर्च (आइएसएसआर)ले आयोजना गरेको स्माल स्टेक क्यापाविलिटीज ः नेभिगेटिङ कम्टिसन एण्ड फरेन फोलिसी प्रायोरिटीज इन नेपाल कार्यक्रममा बोल्दै उनले अब नेपाली विद्यार्थीलाई नेपालमै बसेर अध्ययन गराउनुपर्ने नीति अघि बढाउनुपर्ने बताएका हुन् ।

उनी केहि समय अघि मात्रै एक कार्यक्रममा सहभागि हुन क्यानडा पुगेका थिए । सो अवसरमा उनले नेपाली विद्यार्थीहरुलाई भेट्ने मौका पाएको र त्यहाँ नेपाली विद्यार्थीको अवस्था नाजुक रहेको समेत बताएका छन् ।


‘विदेशमा नेपाली विद्यार्थीको अवस्था नाजुक छ,’ उनले भने, ‘नेपाली विद्यार्थीले त्यहाँ न राम्रोसँग पढ्न पाउँछन् न काम नै राम्रो पाउँछन् ।’

विदेशमा नेपाली विद्यार्थीको अवस्था नाजुक देखेकै कारण नेपाली विद्यार्थीलाई नेपालमै राक्ने नीति अवलम्बन गर्नुपर्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
MBL