Logo

अग्रवाल सेवा समितिको अध्यक्षमा गिरीधारी अग्रवाल चयन, चुनियो ४५ सदस्यीय नयाँ कार्यसमिति

अग्रवाल सेवा समितिको अध्यक्षमा गिरीधारी अग्रवाल चयन, चुनियो ४५ सदस्यीय नयाँ कार्यसमिति



काठमाडौं । अग्रवाल सेवा समितिको अध्यषमा गिरीधारी अग्रवाल चयन भएका छन् । समितिको १७ औँ वार्षिक साधारण सभाले गिरीधारी अग्रवालको अध्यक्षतामा ४५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

laxmi

नयाँ कार्यसमितिको उपाध्यक्षमा सुनिल कुमार धानुका , सुबोध कुमार गाडिया र रमेश कुमार अग्रवाल चयन भएका छन् । यस्तै मानार्थ उपाध्यक्षमा सुमित कुमार अग्रवाल र राम अवतार टाईवाला निर्वाचित भएका हुन् । १२ सदस्यीय पदाधिकारीको महासचिवमा पङ्कज जलान, कोशाध्यक्ष अरुण डोकानीयाँ र सचिवमा भरत कुमार सुद्रानिया एवं श्यामसुन्दर सुल्तानिया चयन भएका छन्। यस्तै सह कोषाध्यक्ष ऋषि कुमार अग्रवाल चयन भएको समितिले जानकारी दिएको छ ।

अग्रवाल सेवा समाजले सामाजिक र धार्मिक क्षेत्रमा विभिन्न कामहरू गर्दै आएको छ । खास गरी प्राकृतिक विपतमा नागरिकको सेवामा लामो समय देखि काम गर्दै आएको नवनिर्वाचित महासचिव पङ्कज जलानले बताए। समाजले भूकम्प प्रभावित जिल्लामा भवन निर्माणमा उल्लेख्य योगदान गरेको थियो ।

निर्वतनमा अध्यक्ष राजेन्द्र खेतानले सामाजिक क्षेत्रमा अग्रणी भूमिकामा रहेर काम गर्नका लागि नवनिर्वाचित कार्यसमितिलाई शुभकामना दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL