Logo

कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा

कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा



काठमाडौं । राष्ट्रिय परिक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । मंगलबार एक पत्रकार सम्मेलनको आयोजना गर्दै बोर्डले उक्त नतिजा सार्वजनिक गरेको हो । कक्षा १२ को परीक्षा गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते सम्पन्न भएको थियो ।

laxmi

देशभरका १ हजार ४ सय ५७ परीक्षा केन्द्रबाट करिब ४ लाख ६७ हजार ३ सय ८९ विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी भएका थिए । बोर्डका अनुसार यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी भएका थिए । उक्त नतिजा राष्ट्रिय परिक्षा बोर्डको वेबसाईट WWW.neb.gov.np र नेपाल टेलिकमको वेबसाईट WWW.neb.net.ntc.npबाट हेर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL