काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले सोमबार सार्वजनिक गरेको नतिजा अनुसार ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् भने ३८.८३ प्रतिशत विद्यार्थी ननग्रेड भएका छन् ।
बोर्डका अनुसार कक्षा १२ को परीक्षा ११ वैशाखदेखि सञ्चालन हुने तय भए पनि आन्दोलनका कारण ढिला गरी २१ वैशाखदेखि सुरु गरिएको थियो ।
यसपटकको परीक्षामा देशभरबाट ५ लाख ११ हजार ५ सय २५ जना विद्यार्थी सहभागी भएका थिए ।