Logo

भन्सार कर्मचारीको सोचमा परिवर्तन ल्याउन जरुरी छ : अर्थमन्त्री डा. महत

भन्सार कर्मचारीको सोचमा परिवर्तन ल्याउन जरुरी छ : अर्थमन्त्री डा. महत



काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बदलिँदो परिस्थितिअनुसार आम जनताको चासो र चिन्तालाई मध्यनजर राखेर भन्सारका कर्मचारी सक्रिय हुन आग्रह गरेका छन्। भन्सार बिभागले आयोजना गरेको भन्सार व्यवस्थापन गोष्ठीमा बोल्दै उनले सबैभन्दा पहिला कर्मचारीको सोचमा परिवर्तन आउन जरुरी बताएका हुन् । ‘मलाई अधिकार छ, त्यसको दुरुपयोग गरे फरक पर्दैन भन्ने मानसिकता परिवर्तन हुनुपर्छ,’ उनले भने ।

laxmi

हाम्रा आयतकर्ता र करदाताहरुलाई अप्ठ्यारोमा पारेर व्यक्तिगत फाइदाका लागि कर्मचारीले बार्गेनिङ गर्न नहुने मन्त्री डा. महतले स्पष्ट पारे । उनले भन्सार कर्मचारी भन्सारमा गर्ने व्यवहार नराम्रो भएको रिर्पोटिङ मन्त्रालयमा आइरहेको बताउँदै यो बन्द गर्नुपर्ने बताए ।

उनले राम्रो र नराम्रो काम गर्ने कर्मचारीलाई एउटै बास्केटमा हालेर भन्सार नेतृत्वले मूल्यांकन गर्न नहुनेसमेत बताए । कर्मचारीको भूमिकाको यथार्थ जानकारी राखेर नेतृत्वले मूल्यांकन गर्नुपर्नेमा उनले जोड दिए ।

यस्र्त अर्थमन्त्री महतले लक्ष्यमा पुग्नै पर्ने भनेर आयातकर्ता र करदातालाई जथाभावी दुख दिएर काम गर्न नहुने बताए । कानुनतः काम गरे यत्तिकै पनि भन्सार राजस्वको लक्ष्यमा पुग्न सकिने उनको भनाई ।

प्रतिक्रिया दिनुहोस्
MBL