Logo

चामल निकासीमा भारतको प्रतिवन्धप्रति सरकारको ध्यानाकर्षण, विचौलियाको चलखेल रोक्न माग

चामल निकासीमा भारतको प्रतिवन्धप्रति सरकारको ध्यानाकर्षण, विचौलियाको चलखेल रोक्न माग



काठमाडौं । अखिल नेपाल किसान महासंघ काठमाडौंले, जिल्ला प्रशासन कार्यालय काठमाडौंमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको छ । भारतले चामल निकासीमा प्रतिबन्ध लगाएपछि काठमाडौंमा पर्न सक्ने प्रभावप्रति ध्यानाकर्षण गराउँदै महासंघले जिल्ला प्रशासनमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको हो ।

laxmi

अखिल नेपाल किसान महासंघ काठमाडौं जिल्ला समितिका अध्यक्ष कृष्ण बहादुर घलेले सहजै रुपमा यसको समाधान, मूल्य समायोजन, संचितिको व्यवस्था होस भनेर समयमै सचेतना स्वरुप ज्ञापनपत्र बुझाएको बताए ।

उनले भने, ‘भारतले चामल निकासिमा प्रतिबन्ध लगाएपछि तीन महिनासम्म मात्रै चामलको भण्डार रहेको छ । तीन महिनापछि के खाने जनताले, नेपालमा धेरै भण्डार गर्न सक्ने अवस्था पनि छैन् । यो चामलको विषयलाई लिएर आन्दोलन गर्नुपर्ने अवस्था नआओस सहजै रुपमा यसको समाधान, मूल्य समायोजन, संचितिको व्यवस्था होस भनेर समयमै सचेतना स्वरुप ज्ञापनपत्र बुझाएको हो ।’

यसको साथै उनले बजारमा बिचौलीयाहरुको चलखेल बढ्दै गएको कारण बजारमा सामानहरु महङ्गो भएको र किसानलाई मलको अभावको भएको विषय पनि ज्ञापनपत्रमा समेटिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL