Logo

राष्ट्र बैंकले तीन बैंकलाई गर्यो कारबाही, कुन–कुन बैंक परे ?

राष्ट्र बैंकले तीन बैंकलाई गर्यो कारबाही, कुन–कुन बैंक परे ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा तीन वाणिज्य बैंकलाई कारबाही गरेको छ । राष्ट्र बैंकले गत आर्थिक वर्ष २०७९–८० को चौथो त्रैमासमा हिमालयन बैंक, कुमारी बैंक र प्राइम कमर्सियल बैंकलाई कारबाही गरेको हो । यी तीन बैंकले राष्ट्र बैंकको नियम उल्लंघन गरेका कारण कारबाही गरिएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।

laxmi

प्राइम कमर्सियल बैंकलाई राष्ट्र बैंकले तीन उल्लंघन नियम गरेको भन्दै कारबाही गरेको छ । बैंकले एकीकृत निर्देशन २०७९ निर्देशन नम्बर २ बमोजिम कायम गर्नुपर्ने कर्जा नोक्सानी व्यवस्था कायम नगरेको, ‘क्यापिटल एडिक्वेसी फ्रेमवर्क २०१५’ अनुसार जोखिम भार सम्पत्ति गणना गर्दा वास्तविकभन्दा कम गरेको र प्रिमियम दर बढाएर ब्याज असुल गरेको भन्दै राष्ट्र बैंकले सजायमा राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ बमोजिम प्राइम बैंकका सिइओ मानन्धरलाई सचेत गराएको उल्लेख गरेको छ।

यसैगरी, राष्ट्र बैंकले कुमारी र हिमालयन बैंकलाई कर्जा–स्रोत परिचालनको नियम उल्लंघन गर्दा कारबाही गरेको छ । कुमारी बैंकले कर्जा–निक्षेप अनुपात (सिडी) रेसियो तोकिएको सीमा अर्थात ९० प्रतिशतभन्दा बढी कायम गर्दा नगद जरिवानामा परेको छ । त्यसैगरी हिमालयन बैंकले गत आवको कात्तिकमा सिडी रेसियो ९० प्रतिशतमाथि राखेर व्यवसाय गर्दा यो बैंक पनि नगद जरिवानामा परेको नेपाल राष्ट्र बैंक जानकारी दियो ।

प्रतिक्रिया दिनुहोस्
MBL