Logo

एक करोड गैरकानुनी सम्पत्ति आर्जनको आरोप, चावहिलका नापी अधिकृतविरुद्ध मुद्दा

एक करोड गैरकानुनी सम्पत्ति आर्जनको आरोप, चावहिलका नापी अधिकृतविरुद्ध मुद्दा



काठमाडौं । एक करोड बढी गैरकानुनी सम्पत्ति आर्जनको आरोपमा चावहिलका नापी अधिकृतविरुद्ध मुद्दा दायर भएको छ ।
नापी कार्यालय, चाबहिलमा कार्यरत नापी अधिकृत राजु पुरीले भ्रष्टाचार गरी गैरकानूनी सम्पत्ति आर्जनविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

laxmi

पुरी २०५२ सालमा सार्वजनिक सेवा प्रवेश गरेका थिए । उनले २०७९ असार मसान्तसम्म एक करोड चार लाख तीन हजार नौ सय ४१ रूपैयाँ बराबरको सम्पत्तिको वैधानिक स्रोत नखुलेपछि पदीय हैसियतको दुरुपयोग गरी गैरकानूनी सम्पत्ति आर्जनगरेले उनी विरुद्ध मुद्दा दायर गरेको ओयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL