Logo

सुन तस्करीपछि शंकाको घेरामा ‘ब्रेक शु’को आयात, गत आवमा भित्रिएको थियो ४ लाख २१ हजार थान

सुन तस्करीपछि शंकाको घेरामा ‘ब्रेक शु’को आयात, गत आवमा भित्रिएको थियो ४ लाख २१ हजार थान



काठमाडौं । साउन ४ गते राजस्व अनुसन्धान विभागको टोलीले करिव १ सय किलो सुन भन्सार पास भई बाहिरिँदै गरेको अवस्थामा समायो । उक्त सुन भनिएको वस्तु मोटरसाइकलको ब्रेक शुमा लुकाएर ल्याइएको थियो । यसअघि विभिन्न तरीकाले नेपालमा सुन तस्करी भइरहेको भएपनि पछिल्लो समय विभिन्न वस्तुमा सुन जोडेर नेपाल भित्र्याउने गरिएको ब्रेक शुमा सुन ल्याइएको प्रकरणबाट पिुष्टि भएको छ ।

laxmi

हुन त तस्करहरुले सुन कुनै विभिन्न सामानमा राखेर ल्याउने गरेका छन् । यसअघि सुनको धुलो बनाएर ज्याकेटमा टाँसेर, बेल्टमा राखेर, विद्युतीय चुरोट (भेप)मा राखेर ल्याइने गरिएको सुन यसपल्ट मोटरसाइकलको ब्रेक शुमा भेटियो । यसपल्ट हंगकंगबाट नेपाली तस्करहरुले बाइकको ब्रेक शुभित्र ब्रेक प्याड बनाएर ल्याएको भेटिएको हो । उक्त ब्रेक शु रेडी ट्रेडर्स प्रालिले ल्याएको बताइएपनि कसले, कसरी र किन उक्त सुन नेपाल ल्यायो भन्नेबारे हाल अनुसन्धान जारी छ ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट बाहिरिँदै गरेको सुन पक्रिएको राजस्व अनुसन्धान विभागको टोलीले कम्पनीको गोदाममा पनि छापा हान्दा थप ब्रेक शु फेला परेका छन् । विमानस्थलबाट करिव ८ कार्टुनमा सुनसहितको ब्रेक शु जफत गरिएको थियो । त्यसपश्चात गोदाममा गरिएको अनुगमनमा भने ६६ कार्टुन अर्थात १ हजार १ सय ६२ थान ब्रेक शु जफत गरिएको छ । जसमा आधाभन्दा बढी ब्रेक शु बाट सुन निकालिएको भेटिएको छ । यसरी रेडी ट्रेडले मात्रै पछिल्लो ३ महिनादेखि हंगकंगबाट ब्रेक शु ल्याउने गरेको भेटिएको छ । यसरी बाइकको ब्रेक शुमै सुन लुकाएर ल्याउने गरिएको कुरा बाहिरिएपछि नेपालमा एकाएक बाईकको ब्रेक शुको चर्चा चुलियो ।

नेपालमा उत्पादन नहुने र विदेशबाट आयात गर्नुपर्ने ब्रेक शुको आयात नेपालमा लामो समयदेखि हुँदै आएको छ । गत आर्थिक बर्षभर भने नेपालमा ४ लाख २१ हजार बढी ब्रेकशु नेपाल नेपाल भित्रिएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । विभागको तथ्यांकलाई आधार मान्दा गत आर्थिक बर्षभर विभिन्न देशबाट ५ करोड ७८ लाख रुपैयाँ बढीका ४ लाख २१ हजार २ सय ७३ थान ब्रेक शु नेपाल भित्रिएका छन् । यसमार्फत नेपालले गत आर्थिक बर्षभर १ करोड ६७ लाख रुपैयाँ बढी भन्सार राजस्व उठाएको हो । यस अवधिमा नेपालमा ताइवान, थाइल्याण्ड, दुबई, बेलायत, अमेरिका, चीन, भारत र जापानलगायतका देशबाट भित्रिएको देखिन्छ ।

तर, पछिल्लो सय ब्रेक शु शुमा सुन तस्करी हुने गरेको भेटिएपछि नेपालमा ब्रेक सुको आयात गर्ने व्यवसायीहरुमाथि आशंका बढेको देखिन्छ । जसका कारण ब्रेक सुको आयात नै शंकाको घेरामा परेको एक व्यवसायीले बताए । ‘केहीले बदमासी गर्दा ब्रेक सुको आयात गर्ने सबै व्यवसायीमाथि शंका बढेको छ । यसले हामीलाई पनि गाह्रो बनाएको छ,’ ती व्यवसायीले बिजखबरसँग भने ।

प्रतिक्रिया दिनुहोस्
MBL