Logo

होत्तरी पिपराका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

होत्तरी पिपराका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको पिपरा गाउँ कार्यपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रञ्जिता झासहित पाँच जनामाथि विशेष अदालतमा आरोप–पत्र दायर गरेको छ ।

laxmi

आयोगले प्रमुख प्रशासकीय अधिकृत झा, तत्कालीन सब–इन्जिनियर श्यामकिशोर मण्डल, निर्माण उपभोक्ता समितिका अध्यक्ष नवोनारायण मिश्र, सचिव कमरुल खातुन र कोषाध्यक्ष रतन साहविरुद्ध गैरकानुनी लाभ तथा हानि पुर्‍याइ भ्रष्टाचार गरेको सम्बन्धमा आज आरोपपत्र दायर गरेको हो ।

उनीहरुले आर्थिक वर्ष २०७४र७५ पिपरा गाउँपालिका–१ को एकरहिया कृषि सडक ओलारदेखि खैरबा सडकको पीसीसी ढलान कार्यलाई बढी मूल्याङ्कन गरी झुट्टा नापी किताब, भुक्तानी बिल र कार्यसम्पन्न प्रतिवेदन स्वीकृत गरी उपभोक्ता समितिलाई एक लाख ४८ हजार नौ सय १० रुपैयाँ भुक्तानी दिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

आयोगले गाउँकार्यपालिकाको कार्यालयका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत झा र तत्कालीन सब–इन्जिनियर मण्डलमाथि भ्रष्टाचार कसुरमा र एक लाख ४८ हजार नौ सय १० रुपैयाँ बिगो कायम गरी कैद र जरिबानाको माग दाबी गरेको छ ।
यस्तै, निर्माण उपभोक्ता समितिका अध्यक्ष मिश्र, सचिव खातुन र कोषाध्यक्ष साहलाई एक लाख ४८ हजार नौ सय दश रुपैयाँ बिगोसहित सजायको माग दाबी गरेको छ । उनीहरु विरुद्ध वडा–१ खैरबामा बाटो ढलानकार्य गर्दा कमसल सामग्री प्रयोग गरी गाउँपालिकाबाट प्राप्त रकम हिनामिना गरेको भन्ने आयोगमा उजुरी निवेदन परेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL