Logo

कर्जा लगानी र निक्षेप संकलनमा गिरावट : ९ दिनमा १४६ अर्ब निक्षेप बाहिरिदा कर्जा २९ अर्बले घट्यो

कर्जा लगानी र निक्षेप संकलनमा गिरावट : ९ दिनमा १४६ अर्ब निक्षेप बाहिरिदा कर्जा २९ अर्बले घट्यो



काठमाडौं । चालु आर्थिक वर्षको सुरुवातसँगै बैंक तथा वित्तीय संस्थाले गर्ने कर्जा लगानी तथा निक्षेप संकलन दुबैमा गिरावट आएको छ । चालु आर्थिक वर्ष सुरु भएको ९ दिनमा बैंक तथा वित्तीय प्रणालीबाट १ खर्ब ४६ अर्ब रुपैयाँ निक्षेप बाहिरिदा २९ अर्ब रुपैयाँ कर्जा लगानी भएको छ ।

laxmi

यसैगरी, चालु आर्थिक वर्ष सुरु भएदेखि हालसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप २५ अर्ब रुपैयाँले घटेको छ, भने सोही कर्जा प्रवाहमा १९ अर्ब रुपैयाँले गिरावट आएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । साउन ९ गतेसम्म बैंक तथा वित्तीय संस्थासँग कुल निक्षेप ५६ खर्ब २१ अर्ब रुपैयाँ रहेको छ । असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थासँग यस्तो निक्षेप ५७ खर्ब ६७ अर्ब रुपैयाँ रहेको थियो । यसैगरी, साउन ९ गतेसम्म बैंक तथा वित्तीयसंस्थाले ४८ खर्ब ५० अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।

बैंक तथा वित्तीय क्षेत्रले असार मसान्तसम्म ४८ खर्ब ७९ अर्ब रुपैयाँ कर्जा लगानी गरेको राष्ट्र बैंकले जानकारी दिएको छ । असार मसान्तको तुलनमा बैंकहरुको कर्जा निक्षेप अनुपात रेसियो (सिडि रेसियो) भने बढेको छ । असार मसान्तसम्म ८१.६५ प्रतिशत रहेको बैंकहरुको सिडि रेसियो साउन ९ गतेसम्म आउँदा ८३.२१ प्रतिशत पुगेको छ । राष्ट्र बैंकले स्थानीय तहको पैसा निक्षेपमा गणना गर्न दिएको सुविधा हटाएसँगै सीडी रेसियो बढ्न पुगेको हो । यसैगरी सो अबधिमा अन्तर बैंक ब्याजदर पनि बढेको छ । असार मसान्तसम्म ०.४४ प्रतिशत मात्र रहेको बैंकहरुको अन्तरबैंक ब्याजदर साउन ९ गतेसम्म आउँदा ६.२० प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL