Logo

विकासे आयोजना समयमै सक्न नेपाल र भारतीय अर्थमन्त्रीको चासो, विद्युतीय भुक्तानी संयन्त्र कार्यान्वयनमा ल्याउन भारतको आग्रह

विकासे आयोजना समयमै सक्न नेपाल र भारतीय अर्थमन्त्रीको चासो, विद्युतीय भुक्तानी संयन्त्र कार्यान्वयनमा ल्याउन भारतको आग्रह



काठमाडौं । भारतको गुजरातमा भइरहेको जि–ट्वान्टी अर्थमन्त्रीहरुको बैठकको अवसरमा अर्थमन्त्री डा. प्रकाशशरण महत र भारतीय अर्थमन्त्री निर्मला सितारमण बीच द्विपक्षीय साईडलाइन बैठक सम्पन्न भएको छ ।

laxmi

बैठकमा आपसी सहयोग र द्विपक्षीय सम्बन्धका बारेमा छलफल भएको छ । नेपालमा सञ्चालित विकास परियोजना कार्यान्वयनमा देखिएका समस्या समाधान गरी समयमै सम्पन्न गर्न दुबै अर्थमन्त्रीले जोड दिए । अर्थमन्त्री महतले नेपालका प्रधानमन्त्रीको भारत भ्रणको क्रममा सम्पन्न विद्युत निर्यात सम्बन्धी समझदारी कार्यान्वयनबाट आगामी दस बर्षमा १० हजार मेघावाट जल विद्युत भारत निकासी भई व्यापार घाटा घटाउन मद्दत मिल्ने विषय उल्लेख गरेका छन् । दुई देशवीचको ब्यापार तथा लगानी सहजीकरणको लागि मिलेर काम गर्ने विषयमा एउटै मत रह्यो ।

भारतका अर्थमन्त्रीले भारतको इन्टरनेशनल पेमेन्ट लिमिटेड र नेपालको एनसिएचएल बीच भएको समझदारी बमोजिम संयुक्त विद्युतीय भुक्तानी संयन्त्र कार्यान्वयन गर्न छिटो काम अघि बढाउन अनुरोध गर्नु भएको छ । अर्थमन्त्री महतले छिट्टै कार्यान्वयनमा लैजाने गरी संयन्त्र स्थापना गर्न काम गर्ने बताए । भेटवार्ताका अवसरमा नेपालको सूचना प्रविधि क्षेत्रमा भारतीय लगानीको लागि राम्रो विकल्प रहेको र व्यवसायिक संभाव्यता एवं पर्याप्त जनशक्ति उपलब्ध भएकोले सो क्षेत्रमा लगानी बढाउन समेत अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL