Logo

सयौलाई रोजगारी दिनेगरि प्लास्टिक उद्योग खुल्दै, बार्षिक १० हजार मेट्रिकटन सामग्री उत्पादन गर्ने

सयौलाई रोजगारी दिनेगरि प्लास्टिक उद्योग खुल्दै, बार्षिक १० हजार मेट्रिकटन सामग्री उत्पादन गर्ने



काठमाडौं । नेपालमै बार्षिक करिव १० करोड मेट्रिटन बढी प्लास्टिकका सामग्री उत्पादन गर्नेगरी प्लास्टिक उद्योग खुल्ने भएको छ । धनुषा जिल्लाको मिथिला नगरपालिकामा उद्योग स्थापना गर्नेगरि उद्योग विभागमा केतकी प्लास्टिक उद्योग दर्ता भएको हो ।

laxmi

गएको मंगलबारमात्रै उद्योग विभागबाट लगानीको स्वीकृति पाएको केतकीले प्लास्टिकका पाइप, ट्यांक, ट्युवलगायत उत्पादन गर्ने प्रतिवद्धता जाहेर गरेको छ । पूर्णतया स्वदेशी लगानीमा स्थापना हुन लागेको उक्त उद्योगले १ हजार केभिए विजुली खपत गर्ने बताईएको छ ।

उद्योगले बार्षिक ३ हजार मेट्रिकटन घरमा प्रयोग हुने प्लास्टिकको पाइप, १ हजार ५ सय मेट्रिकटन पिभीसी पाइप, १ हजार मेट्रिकटन पिभीसी ट्युव र ५ सय मेट्रिकटन पिभीसी फिटिङ उत्पादन गर्ने बताएको छ । यस्तै उद्योगले १ हजार मेट्रिकटन एचडीपीई पाइप, ३ सय मेट्रिकटन प्लास्टिक सिट, ३ सय मेट्रिक टन पानी ट्यांक र ९ सय मेट्रिकटन सिपिभीसी पाइप उत्पादन गर्ने प्रतिवद्धता विभागसामु जाहेर गरेको छ ।

यस्तै उद्योगले बार्षिक १५ सय मेट्रिकटन युपिभीसी पाइप र ३ सय मेट्रिकटन प्लास्टिक स्क्रयाप उत्पादन गर्ने र १ सय ७० जनालाई रोजगार दिने बताइएको छ । नेपालमा हाल औपचारिक र अनौपचारिक गरी करिब ३ हजार प्लास्टिक उद्योग सञ्चालनमा छन् । भने नेपालमा वार्षिक २ लाख ७५ हजार टन प्लास्टिक खपत हुने गरेको उद्योगीहरु बताउँछन् ।

नेपालमा खपत हुने धेरैजसो प्लास्टिक र यसको कच्चा पदार्थ छिमेकी देश भारतबाट आउने गरेको छ । तर, पछिल्लो समय नेपालमै उद्योग संचालन गरी प्लास्टिक उत्पादन गर्नेतर्फ उद्योगीहरु लागेको देखिन्छ । जसका कारण प्लास्टिकका प्रायः फिनिस वस्तुमा नेपाल आत्मनिर्भर भएको उद्योगी–व्यवसायीहरूको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
MBL