Logo

मुगु कृषि विकास कार्यालयका तत्कालिन प्रमुखविरुद्ध भ्रष्टाचारको मुद्दा दायर, १२ लाख ८३ हजार बिगो दावी

मुगु कृषि विकास कार्यालयका तत्कालिन प्रमुखविरुद्ध भ्रष्टाचारको मुद्दा दायर, १२ लाख ८३ हजार बिगो दावी



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको अभियोगमा कृषि विकास कार्यालय मुगुका तत्कालीन निमित्त कार्यालय प्रमुखसहितका अधिकारीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । प्रदेश सरकारबाट प्राप्त भएको अनुदान रकममा तोकिए बमोजिमको काम नगरी भ्रष्टचार गरेको आयोगले आरोप छ ।

laxmi

आर्थिक वर्ष २०७६र७७ मा सञ्चालन भएको खत्याड गाउँपालिका ४ स्थित खिराचौर कृषि सिँचाइ निर्माण योजना अधुरो र समयमा काम नगर्ने उपभोक्ता समिति तथा अन्य संलग्नलाई नियमानुसार कारबाही नगरी छाडिएको थियो ।

कार्यस्थलमा नभएको कामकोसमेत विवरण तयार पारी १२ लाख ८३ हजार ३४ रुपैयाँ बराबरको भुक्तानी दिएको पाइएको आयोगको भनाइ छ । सो कार्यमा कृषि विकास कार्यालय मुगुका तत्कालीन निमित्त कार्यालय प्रमुख पञ्चलाल बुढाविरुद्ध १२ लाख ८३ हजार ३४ रुपैयाँ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको छ ।

यस्तै, सोही कार्यालयका सव इञ्जिनियर राजेन्द्र शाही र प्रशासनिक सहायक टेकबहादुर खत्री, उपभोक्ता समितिका अध्यक्ष हस्तबहादुर रोकाया, कोषाध्यक्ष अमनाकुमारी रोकाया र सचिव भुवन रावलविरुद्ध पनि समान बिगो दाबी गर्दै आजै विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL