Logo

जनस्वास्थ्य अधिकृतले कमाए साढे २ करोड, अकूत सम्पत्ति कमाएको अभियोगमा मुद्दा दायर

जनस्वास्थ्य अधिकृतले कमाए साढे २ करोड, अकूत सम्पत्ति कमाएको अभियोगमा मुद्दा दायर



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रूपमा अकूत सम्पत्ति कमाएको अभियोगमा सर्लाहीको बलरा नगरपालिकाका तत्कालीन जनस्वास्थ्य अधिकृत कौशलेन्द्र मिश्रविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

laxmi

आयोगले गरेको अनुसन्धानबाट मिश्र सार्वजनिक सेवामा २०५७ असार सात गते प्रवेश गरेको र २०७८ कात्तिक २६ गतेसम्मको अवधिमा १ करोड १३ लाख ४५ हजार ८ सय ५ मात्रै बैध आय गरेको पाइएको छ । सो अवधिमा उनको २ करोड ४३ लाख ९१ हजार ५ सय ६५ रुपैयाँ बराबरको लगानी भएको देखिएको छ ।

अनुसन्धनमा १ करोड ३० लाख ४५ हजार ७ सय ७० रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेकाले मिश्रले गैरकानुनीरुपमा आर्जन गरेको सम्पत्ति सगोलमा रहेका पत्नी सरोज कुमारी र तुलसीकुमारी मिश्रको नाममा समेत राखेको पाइएको छ । आयोगले उनीहरुको नाममा रहेको सम्पत्तिसमेत जफथ गर्न माग गरेको छ ।

आयोगले बिगो बराबरको रकम असुलीको माग गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए ।रासस

प्रतिक्रिया दिनुहोस्
MBL