Logo

पशुपति क्षेत्र विकास कोषका तत्कालिन सदस्यसचिव विरुद्ध भ्रष्टाचारको मुद्धा, १ करोड ४४ लाख बिगो दावी

पशुपति क्षेत्र विकास कोषका तत्कालिन सदस्यसचिव विरुद्ध भ्रष्टाचारको मुद्धा, १ करोड ४४ लाख बिगो दावी



काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिवविरुद्ध भ्रष्टाचारको मुद्धा दायर गरेको छ । आयोगले कोषमा हुँदा अवैध सम्पत्ती जोडेको भन्दै कोषको सदस्यसचिव डा. प्रदीप ढकालविरूद्ध साढे १ करोड रुपैयाँ भ्रष्टाचारको मुद्दा दायर भएको छ।

laxmi

आयोगले सोमबार विशेष अदालत काठमाडौंमा उनीविरूद्ध एक करोड ४४ लाख ११ हजार ७८१ रुपैयाँ गैरकानुनी रूपमा सम्पत्ती आर्जन गरेको भन्दै भ्रष्टाचारको मुद्दा दायर गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए।

ढकालले उक्त कोषमा सदस्यसचिव रहँदा एक करोड ४४ लाख ११ हजार ७८१ रुपैयाँ गैरकानुनी रूपमा सम्पत्ती आर्जन गरेको अख्तियारको आरोप छ। अख्तियारले २०७४ साउन ३२ गतेदेखि २०७९ जेठ ३० गतेसम्म आर्जन गरेको सम्पत्ति माथि जाँच गर्दा उक्त रकम गैरकानुनी रहेको खुलेको हो।

उनले सो अवधिमा ६ करोड ३९ लाख ९३ हजार ३१२ रुपैंया आम्दानी तथा ७ करोड ८४ लाख ५ हजार ९४ रूपैंया खर्च तथा लगानी गरेको देखिएको र बैधानिक श्रोत खुल्न नसकेको १ करोड ४४ लाख ११ हजार ७८१ रूपैंया रहेको हुँदा त्यतिनै बिगो रकम कायम गरी जरिवाना तथा कैद सजायको मागदाबीसहित मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL