Logo

आयकर विवादमा अर्थमन्त्रालयको स्पष्टीकरणपछि नेप्सेमा उच्च अंकको वृद्धि, २१७ कम्पनीको सेयरमूल्यमा उछाल

आयकर विवादमा अर्थमन्त्रालयको स्पष्टीकरणपछि नेप्सेमा उच्च अंकको वृद्धि, २१७ कम्पनीको सेयरमूल्यमा उछाल



काठमाडौं । आगामी आर्थिक बर्षको बजेटमा गरिएको व्यवस्थाका कारण लगातार ओरालो लागेको बजार आईतबार भने एकाएक उच्च अंकले बढेको छ । धितोपत्र लगानीकर्ताको आयकरको बिषयमा अर्थमन्त्रालय ब्याक भएपछि आईतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ५३ अंकले बढेर १९१९ को विन्दुमा पुगेको हो ।

laxmi

पछिल्लो समय बजार ओरालो लाग्ने क्रममा थियो । लगानीकर्ताले बजेटमार्फत सेयरबजारको उत्थानमा सहयोग पुग्ने अपेक्षा गरेका थिए । बजेटले एफपीओको, कम्पनी मर्जरलगायतको लाभकर तिर्नुपर्ने, बार्षिक ५० लाख बढी आम्दानी भएका प्राकृतिक व्यक्तिले ३९ प्रतिशत आयकर तिर्नुपर्ने उल्लेख गरेपछि लगानीकर्ता नै रुष्ट भएका थिए । तर, अर्थमन्त्रालयले आईतबार विज्ञप्ति निकाल्दै धितोपत्र लगानीकर्ताका लागि ५ वा ७.५ प्रतिशत लाभकर नै अन्तिम हुने बताएपछि बजार एकाएक उकालो लागेको हो ।

दिउँसो १२ बजेसम्म छिटफुटमात्रै कारोबार भई सुस्ताएको बजार १२ बजेपछि लगातार उकालो लागेको थियो । जसका कारण आज २ सय ७० कम्पनीका ४५ लाख ५७ हजार १ सय ६९ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १ अर्ब ६५ करोड ६३ लाख रुपैयाँ माथि पुगेको छ ।

आज दिनभर भएको कारोबारमा २ सय १७ कम्पनीका सेयरमूल्य उकालो लाग्दा जम्मा ३ कम्पनीको सेयरमूल्यमा मात्रै गिरावट आएको छ । सेयरमूल्इ बढेका कम्पनीमध्ये ८ कम्पनीको सेयरमूल्यमा ८ प्रतिशतमाथिको वृद्धि देखिएको छ । आज आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज शिवम सिमेन्टको सबैभन्दा बढी १५ करोड ८१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL