Logo

करका दर परिवर्तनमा मन्त्रीको कडाई, राति १ बजेदेखि बिहान १० बजेसम्म एक्लै बसेर बनाए बजेट

करका दर परिवर्तनमा मन्त्रीको कडाई, राति १ बजेदेखि बिहान १० बजेसम्म एक्लै बसेर बनाए बजेट



काठमाडौं । गतबर्ष बजेट निर्माणका क्रममा कर्मचारीको बढी चलखेल भएको आरोप लागेपछि यसपटक अर्थमन्त्रीले कडाई गरेका छन् ।

laxmi

बजेटमा निकै संवेदनशील मानिने करका दरहरु परिमार्जनमा अर्थमन्त्री डा. प्रकाशशरण महतले विशेष कडाई गरेका हुन् । अर्थमन्त्रालय स्रोतका अनुसार यसपटक अर्थमन्त्री एक्लैले करका दरहरु परिमार्जन गरेका छन् । अर्थमन्त्री महत सोका लागि राती १ बजेदेखि बिहान १० बजेसम्म एक्लै खटिएको पनि स्रोतले बतायो ।

‘बजेट निर्माणका क्रममा रातभर मन्त्रीज्यूले अर्थमन्त्रालयका उच्च तहका कर्मचारी र सचिवालयसहितको टीमसँग बसेर छलफल गर्नुभयो र त्यहीअनुसार योजनाहरु राखियो,’ उक्त स्रोतले भन्यो, ‘सबै बसेर करका दरहरु परिमार्जन गर्दा सूचना चुहिने आशंकामा मन्त्री एक्लै बसेर करका दरहरु हेरफेर गर्नुभएको छ ।’

रातभर बसेर बजेट निर्माण गरेका कारण अर्थमन्त्री डा. महत सोमबार बिहान १० बजेमात्रै मन्त्रालयबाट बाहिरिएका थिए । उक्त बजेटलाई २ बजे बस्ने मन्त्रिपरिषद्ले पारित गर्नेछ । त्यसलगत्तै अपराह्न ४ बजे संसद भवन बानेश्वरमा प्रस्तुत गरिने कार्यक्रम रहेको छ । चालु आर्थिक बर्षको बजेट निर्माणका क्रममा विचौलिया घुसाएको आरोप लागेपछि तत्कालिन अर्थमन्त्री जनार्दन शर्मा पदबाट निलम्बनमासमेत परेका थिए । र पछि छानविनमा दोषी नदेखिएको भन्दै पुनबर्हाली भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL