Logo

Global_Ime

महासंघ अध्यक्ष र राष्ट्रसंघकी आवासीय संयोजकबीच भेट, दिगो बिकास लक्ष्य कार्यान्वयनमा जाेड

महासंघ अध्यक्ष र राष्ट्रसंघकी आवासीय संयोजकबीच भेट, दिगो बिकास लक्ष्य कार्यान्वयनमा जाेड



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र नेपालका लागि संयुक्त राष्ट्र संघका आवासीय संयोजक हाना सिंगर–हमदी बीच भेटवार्ता भएको छ । महासंघको सचिवालयमा आयोजना गरिएको एक कार्यक्रममा औपचारिक भेटवार्ता भएको हो ।

laxmi bank orange saving
NABIL

उक्त भेटवार्तामा दुई संस्थाबीच दिगो विकासका लक्ष्यहरू कार्यान्वयन र अतिकम बिकसित मुलुकबाट नेपालको स्तरोन्तीबाट पर्न सक्ने प्रभाव न्युनिकरणका लागि सहकार्य गर्ने बिषयमा छलफल भएको थियो । साना तथा मझौला उद्योग व्यावसायको क्षमता विकास, दक्ष जनशक्ति उत्पादन, निजी क्षेत्र र तीनै तहका सरकारसंगको सहकार्य लगायतका बिषयमा सहकार्य गर्नेबारे पनि दुई संस्थाका प्रमुखबीच छलफल भएको थियो ।

उक्त अवसरमा संयुक्त राष्ट्र संघका आवासीय संयोजकलाई महासंघ सचिवालयमा स्वागत गर्दै अध्यक्ष ढकालले मुलुकभर बलियो संजाल हुनुका साथै तल्लो तहसम्म पुुग्न सक्ने संरचना महासंघको भएकाले दिगो विकास लक्ष्य पुरा गर्न महासंघ महत्वपूर्ण साझेदार हुनसक्ने बताए ।

महासंघको नयँं नेतृत्वले अगाडी सारेका पांच प्रमुख प्राथमिकताहरु, आर्थिक संकटको समाधानको लागि रणनीति तय गर्ने, लगानीको वातावरण वनाउने, राज्य र निजी क्षेत्र बीचको साझेदारी सुदृढ गर्ने, दक्ष जनशक्ति उत्पादन र रोजगारी सृजना गर्ने, व्यवसायीको सम्मानबारे अध्यक्ष ढकालले जानकारी गराएका थिए ।

सो अवसरमा आवासीय संयोजक हाना सिंगरले महासंघका अध्यक्षले राखेका विषयलाई आफूले महत्वका साथ लिएको बताईन् ।

आवासीय संयोजक हानाले दिगो बिकास लक्ष्य र स्तरोन्नति विशेष चासोको बिषय रहेको बताईन् । लक्ष्य हासिल गर्न स्तरोन्नतिबाट नकारात्मक प्रभाव न्युनिकरणका लागि महासंघको भूमिका प्रभावकारी हुने उनको धारणा थियो ।
स्तरोन्नतिलाई सहज बनाउन रणनीति तयार पार्ने क्रममा सरकार, निजी क्षेत्र र संयुक्त राष्ट्र संघले सहकार्य गर्न सक्ने उनले बताईन् ।

सो अवसरमा महासंघका महानिर्देशक गोकर्णराज अवस्थीले दीगो विकासका लक्ष्यहरु र आर्थिक स्तरोन्तीमा महासंघकातर्फबाट अहिलेसम्म भएका प्रयासहरुका सम्बन्धमा जानकारी गराएका थिए ।

उक्त औपचारिक भेटवार्तामा संयुक्त राष्ट संघ नेपाल कार्यालय र महासंघ सचिवालयका अधिकारीहरुको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्
Everest
citizens_bank
ntc