Logo

वनमन्त्री महत्तो र शिक्षा राज्यमन्त्री प्रमिला कुमारीले लिए शपथ

वनमन्त्री महत्तो र शिक्षा राज्यमन्त्री प्रमिला कुमारीले लिए शपथ



काठमाडौं । नव नियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्रकुमार महतो र शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले पद तथा गोपनीयताको शपथ खाएका छन् ।

laxmi

आज (बुधबार) बिहान राष्ट्रपति भवन शितल निवासमा आयोजित विशेष समारोहमा उनीहरूले शपथ खाएका हुन् । मन्त्री महतोलाई राष्ट्रपति रामचन्द्र पौडेल र राज्यमन्त्री कुमारीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शपथ खुवाएका हुन् ।

प्रधानमन्त्रीको सिफारिसमा मंगलबार राष्ट्रपतिले जनता समाजवादी पार्टीका नेताहरू महतो र कुमारीलाई क्रमशः मन्त्री र राज्यमन्त्रीमा नियुक्ति दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL