काठमाडौं । नवनियुक्त उर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेका छन् । सोमबार शितल निवासमा सपथग्रहण गरेका मन्त्री घिसिङले सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गरुेका हुन् ।
पदभार ग्रहण गर्दै उनले डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्न विद्युत् प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेका छन् । आज पद बहाली लगत्तै उनले यो निर्णय लिएका हुन् ।
घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक हुँदासमेत बक्यौता असुल्ने प्रयास गरेका थिए । तर, सरकारसँग विवाद बढेपछि उनी बर्खास्त भएका थिए ।