Logo

बारबिसेमा निशुल्क स्वास्थ शिविर, ७०० भन्दा बढीको स्वास्थ उपचार

बारबिसेमा निशुल्क स्वास्थ शिविर, ७०० भन्दा बढीको स्वास्थ उपचार



काठमाडौं । हरिमाया बारबिसे फाउन्डेसन र ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सिन्धुपाल्चोक जिल्लाको बाह्रविसेमा एकदिने बृहत निःशुल्क स्वास्थ्य परिक्षण शिविर सञ्चालन गरेका छन।

laxmi

ॐ हस्पिटल तथा हरिमाया फाउण्डेशनले वाह्रविसे नगरपालिकासँगको सहकार्यमा बाह्रविसे प्राथमिक स्वास्थ्य केन्द्रमा बैशाख ३० गते शनिवार स्वास्थ्य परिक्षण शिविर सञ्चालन गरेको हो ।

स्वास्थ्य सेवामा सहज पहुँच नभएकाहरुकालागि विशेषज्ञ चिकित्सकहरुवाट उपचार सेवा उपलब्ध गराउने उद्देश्यले ॐ अस्पतालले रेडियोलोजी, सामान्य चिकित्सा, जनरल सर्जरी, स्त्री तथा प्रशुतीरोग, मुटुरोग, छाति तथा स्वासप्रस्वास रोग, दन्तरोग, हाड जोर्नी, चर्म तथा यौनरोग, मनोरोग, नाककान घाँटीको दक्ष जनशक्ति उपलब्ध गराएको र फाउन्डेसनको सहयोगमा कार्यक्रम सम्पन्न भयो ।

शिविरमा स्वास्थ्य परिक्षण गर्न आउने सम्पूर्णलाई निःशुल्क स्वास्थ्य परिक्षण तथा निःशुल्क औषधी उपलब्ध गराइएको ॐ हस्पिटल संचालक समितिका अध्यक्ष समेत रहनुभएका सिनियर कन्सल्ट्यान्ट रेडियोलोजिष्ट डा आनन्दप्रसाद श्रेष्ठले जानकारी दिए ।

शिविरमा वरिष्ठ चिकित्सकहरुद्धारा स्वास्थ्य परिक्षण गरिनुका साथै केहि अत्यावश्यकीय परिक्षण र परामर्श गर्न सकिने ब्यवस्था मिलाइएको र थप उपचारका लागि काठमाडौंस्थित ॐ हस्पिटलमा विशेष छुट समेत प्रदान गरिने ॐ हस्पिटलका मेडिकल डाइरेक्टर डा। हरिश जोशीले बताए ।

हरिमाया बारबिसे फाउन्डेसनको आयजनामा भएको स्वास्थ शिविरमा माननीय स्वास्थ तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेत, बागमती प्रदेश सभासद मसिना खड्कालगायत स्थानीय जनप्रतिनिधि उपस्थित थिए ।

बारबिसे क्षेत्रमा हरिमाया फाउन्डेसनले भुकम्प, कोभिड र बाडी पहिरोको समयमा सामाजिक सेवामा खट्दै आइरहेको साथै निकट भविश्यमा सुविधा सप्पन्न अस्पताल निर्माणको लागि आफुले पहल लिने फाउन्डेसनका अध्यक्ष नरेशलाल श्रेष्ठले बताए । स्वास्थ सिविरमा ११ वटा विधामा ७२५ जनाले स्वास्थ जांच गराउनु भएको कार्यक्रम सन्योजक दिनेश पौड्यालले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
MBL