Logo

राष्ट्रपति पौडेललाई उपचारका लागि भारत लगियो, एम्समा उपचार गरिने

राष्ट्रपति पौडेललाई उपचारका लागि भारत लगियो, एम्समा उपचार गरिने



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि आज भारतको राजधानी नयाँ दिल्ली लगिएको छ । राष्ट्रपति पौडेललाई श्रीएयरको एयर एम्बुलेन्समार्फत केही बेरघि नयाँ दिल्ली लागिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

laxmi

स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई उपचारका लागि मङ्गलबार साँझ त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना गरिएको थियो । राष्ट्रपति पौडेललाई थप उपचारका लागि नयाँ दिल्लीस्थित अल इन्डिया इस्टिच्यूट अफ मेडिकल साइन्सेस (एम्स) लागिएको हो ।

यसअघि पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेलको गत चैत १८ गते त्रिवि शिक्षण अस्पतालमा उपचार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL