Logo

बढ्दै विजुली अभावको समस्या, नेपाललाई १५ लाख युनिट विद्युत अपुग

बढ्दै विजुली अभावको समस्या, नेपाललाई १५ लाख युनिट विद्युत अपुग



काठमाडौं । सुक्खायाम बढ्दै गएपछि नेपालमा विद्युत अभावको समस्या पनि बढ्दै गएको छ । एक महिनाअघि मात्रै करिव १० लाख युनिट मात्रै विद्युत अपुग भएको नेपालको विद्युत प्रणालीमा हाल अभाव बढेर झण्डै १५ लाख युनिट विद्युत अपुग भएको छ । बर्खायाममा प्रशस्तै पानी पर्दा खोलानाला बढेर बढ्ने विद्युत उत्पादन सुक्खायाम लागेसँग घट्दै जान्छ । जसका कारण नेपालले आन्तरिक माग धान्नकै लागि पनि भारतको भर पर्नुपर्छ ।

laxmi

नेपालमा धेरैजसो जलविद्युत आयोजनाहरु नदी प्रवाही(आरओआर) भएकाले नदीमा पानीको बहावअनुसार विद्युत उत्पादन हुन्छ । बर्षायाममा धेरै पानी परेर नदीको बहाव बढेपछि नेपालमा आवश्यकभन्दा बढी विजुली उत्पादन हुन्छ र भारत निर्यात गर्नुपर्ने अवस्था आउँछ । यसैगरी सुक्खायाममा नदीको बहाब घट्दै जाँदा नेपालमा जलविद्युत आयोजनाहरुबाट उत्पादन हुने विजुली पनि घट्दै जान्छ र नेपालको प्रणालीमा आवश्यक विद्युत पनि भारतबाट आयात गर्नुपर्ने अवस्था आउँछ । सोहीअनुसार नेपालमा अपुग भएको विजुली भारतबाट आयात गरेर काम चलाईरहेको विद्युत प्राधिकरणले हाल आयात गर्दा पनि माग धान्न सकेको छैन ।

प्राधिकरणका अनुसार हाल नेपालको कुल विद्युत माग ३० हजार १ सय ४३ मेगावाट आवर हो । आयात र नेपालमा उत्पादन गरिएको विजुली गरेर २८ हजार ६ सय २४ मेगावाट आवर मात्रै हुन्छ । जसमध्ये नेपालमा १८ हजार २२ मेगावाट आवर बाँकी रहेको १० हजार ६ सय ७ मेगावाट आवर विजुली भारतबाट निर्यात हुन्छ । तर, पनि प्रणालीमा १५ सय १५ अर्थात १५ लाख १५ हजार युनिट विजुली अपुग भएको देखिन्छ ।

यो बर्ष हिउँदे बर्षा नभएपछि नेपालमा सोचेजति पनि बिजुली उत्पादन हुन नसकेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बताउँछन् । उनका अनुसार गत असोजयता नै पानी परेको छैन । जसका कारण नेपालका खोलानालाहरुमा पानीको सतह सोचेभन्दा पनि तल पुगेको छ र धेरैजसो नदी प्रवाही जलविदुत आयोजनाबाट उत्पादन क्षमताभन्दा आधाको हाराहारीमा मात्रै विद्युत उत्पादन हुने गरेको उनले बताए । यसरी क्षमताभन्दा आधामात्रै विद्युत उत्पादन हुँदा विद्युत आपुर्तिको श्रृङखलामा गडबडी आएको उनको भनाई छ ।

ंहाल बिजुलीको अभावकै कारण पूर्वका धेरैजसो उद्योगहरु पनि उत्पादन बन्द गरेको उद्योगीहरु बताउँछन् । तर, प्राधिकरण भने सबै उद्योगमा यस्तो समस्या नभएपनि केही ठुला उद्योगमा भने भनेजति विजुली दिन नसकेको बताउँदै आएको छ । बर्खायाममा बढी भएको बिजुली भारतलाई बेचिरहेको नेपालले गएको मंसिर १४ गतेदेखि पुनः भारतबाट बिजुली आयात गर्न थालेको थियो । हिउँद लागेसँगै जलविद्युत आयोजनाबाट उत्पादन हुने बिद्युत उत्पादन घट्दा गत मंसिर १४ गते नेपाल विद्युत प्राधिकरणले भारतबाट १२ मेगावाट आवर बिजुली आयात गरेको थियो ।

त्यसयता लगातार नेपालले भारतबाट बिजुली आयात गरिरहेको छ भने नेपालबाट निर्यात हुने बिजुली कटौती भएको छ । गएको मंसिर महिनामा मात्रै नेपालले भारतबाट १७ हजार ५ सय ८९ मेगावाट आवर बिजुली आयात गरेको थियो । यस्तै पुस महिनामा भारतबाट २ लाख २ हजार मेगावाट विजुली आयात गरेको नेपालले गत महिना माघ भने आयात बढाएर ३ लाख १० हजार ९ सय ८८ मेगावाट आवर विजुली आयात गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL