Logo

उपत्यकामा मंगलबार सवारी नचलाउने यातायात मजदुरको घोषणा

उपत्यकामा मंगलबार सवारी नचलाउने यातायात मजदुरको घोषणा



काठमाडौं । भोली मंगलबार काठमाडौं उपत्यकामा सार्वजनिक सवारीसाधन पुर्ण रुपमा बन्द गर्ने यातायात मजदुरहरुले घोषणा गरेका छन् । सोमबार एक विज्ञप्ति जारी गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघले उक्त घोषणा गरेका हुन् ।

laxmi

ट्राफिक प्रहरीले अधिकतम जरिवाना लिएको, ५ पटकसम्मको कसुरमा पनि लाइसेन्स निलम्बन गरेको र अनावश्यक दुःख दिएको भन्दै मजदुरहरुले आन्दोलनको घोषणा गरिसकेका छन् । सोही घोषणा अनुसार आज सोमबार काठमाडौंको गोंगबुमा सवारीसाधन सडकभरी जम्मा पारेर विरोध जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL