Logo

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक निलम्बीत, बाहिरियो घुस मागेको अडियो

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक निलम्बीत, बाहिरियो घुस मागेको अडियो



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरलाई निलम्बन गरेको छ । ठाकुरले थाई स्माइल एयरलाइन्सका प्रतिनिधिसँग गैरकानुनी लाभ लिने उद्देश्यले गरेको कुराकानीको श्रब्य सामग्री प्राप्त भएपछि मन्त्रालयले छानविनका लागि भन्दै उनलाई निलम्बन गरेको हो ।

यसअघि ९ माघमा त्रिभुवन विमानस्थलका आन्तरिक टर्मिनल प्रमुख पूर्ण चुँडाललाई पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्रोत नखुलेको रकमसहित पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL