Logo

आजदेखि सेयर बजार खुला, २,६७२ अंकबाट अबको यात्रा कता पुग्ला ?

आजदेखि सेयर बजार खुला, २,६७२ अंकबाट अबको यात्रा कता पुग्ला ?



काठमाडौं । सेयर बजार आजदेखि पुनः नियमित रुपमा सञ्चालनमा आउने भएको छ । जेनजी आन्दोलनका कारण गत भदौ २४ गतेदेखि बन्द रहेको बजार नेपाल धितोपत्र बोर्डले जारी गरेको निर्देशनअनुसार नेप्सेले आजदेखि नियमित कारोबार सुचारु गर्ने जनाएको हो ।

यसअघि बोर्डले असोज १ गतेदेखि बजार सुचारु गर्न निर्देशन दिएको भएपनि सरकारले जेनजी आन्दोलनका सहिदहरुको सम्मानका लागि राष्ट्रिय शोक दिवस घोषणा गरेकाले कारोबार हुन सकेन । त्यसैले आजबाट बजार सञ्चालनमा आउने भएको हो । हाल सेयर बजार परिसूचक २,६७२.२५ विन्दुमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्