Logo

कतारले क्यानडाको खानी कम्पनीमा ५० करोड डलर लगानी गर्ने, इभान्हो माइन्सको चार प्रतिशत स्वामित्व

कतारले क्यानडाको खानी कम्पनीमा ५० करोड डलर लगानी गर्ने, इभान्हो माइन्सको चार प्रतिशत स्वामित्व



काठमाडौँ । कतार लगानी प्राधिकरणले बुधवार उप-सहारा अफ्रिकामा खानि परियोजनाहरू विकास गर्ने क्यानडेली कम्पनी इभान्हो माइन्समा ५० करोड डलर लगानीको घोषणा गरेको छ ।

खाडी राज्यको सार्वभौम सम्पत्ति कोषले लगानी पूरा भएपछि इभान्हो माइन्सको लगभग चार प्रतिशत स्वामित्व राख्नेछ क्यूआईएले एक विज्ञप्ति जारी गरी जानकारी गराएको छ ।

कतारी कोषका प्रमुख कार्यकारी मोहम्मद सैफ अल–सोवैदीले यो लगानीले इभानहोलाई ’विश्वव्यापी ऊर्जा सङ्क्रमण र उन्नत प्रविधिका लागि आवश्यक पर्ने महत्त्वपूर्ण खनिजको खोज, विकास र दिगो आपूर्ति’ मा सहयोग पुग्ने बताएका छन् ।

इभान्हो माइन्सका कार्यकारी रोबर्ट फ्राइडल्याण्डले भने, “यो लगानी ‘महत्त्वपूर्ण धातुहरूको अग्रणी आपूर्तिकर्ता हुन फर्मको प्रयासको समर्थन हो । यसले विश्वव्यापी अर्थव्यवस्थाको विद्युतीकरण, नयाँ ऊर्जा पूर्वाधारको विकास र एआईसहित उन्नत प्रविधिहरूको विकासलाई सञ्चालन गर्नेछ। ’

भ्यानकुभरमा मुख्यालय रहेको इभान्हो माइन्सको मुख्य परियोजनाहरू यसको प्रजातान्त्रिक गणतन्त्र कंगोमा रहेका कामोआ–काकुला तामा खानी र किपुशी तामा खानी हुन् । इभान्होले दक्षिण अफ्रिकाको प्लाट्रिफ खानीले सन् २०२५ को अन्त्यसम्म उत्पादन सुरु गर्न तयार छ। क्यानेडियन फर्मले डीआर कंगो, अंगोला, जाम्बिया र कजाकिस्तानमा तामा अन्वेषण परियोजनाहरू पनि सञ्चालन गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्