Logo

यूनियन लाइफको पाँचौं बार्षिक साधारण सभा सम्पन्न, लगानीकर्तालाई ८.९७ प्रतिशत बोनस पारित

यूनियन लाइफको पाँचौं बार्षिक साधारण सभा सम्पन्न, लगानीकर्तालाई ८.९७ प्रतिशत बोनस पारित



काठमाडौं । यूनियन लाइफले आफ्ना लगानीकर्ताका लागि ८.९७ प्रतिशत बोनस दिने प्रस्ताव पारित गरेको छ । कम्पनीको बिहीबार बसेको पाचौं बार्षिक साधारण सभाले सेयरधनीहरुलाई आर्थिक बर्ष २०७७/७८ को नाफाबाट ८.९७ प्रतिशत बोनश दिने प्रस्ताव पारित गरेको हो ।

सो साधारण सभाले कम्पनीको हालको सेयर संरचना बमोजिम कायम रहेको चुक्ता पूंजी अनुरुप संस्थापक समूह तर्फको ७० प्रतिशत सेयर मध्ये १९ प्रतिशत सेयरलाई सर्वसाधारण समूहमा परिवर्तन गरी संस्थापक तथा सर्वसाधारण सेयरको अनुपात ५१ः४९ प्रतिशत कायम गर्ने प्रस्ताव पारित गरेको छ ।

यसैगरी यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच एक आपसमा गाभिने सम्बन्धमा भएको प्रारम्भिक संझौता पत्र, कम्पनीको सेयर रोक्का राख्ने गरी भएको निर्णय, कम्पनीको सम्पत्ती तथा दायित्वको मुल्यांकन कार्य गर्न लेखापरीक्षक/परामर्शदाता नियुक्त गरी निजको पारिश्रमिक तोक्ने गरी भएको संचालक समितिको निर्णयहरु समेत सभाले अनुमोदन गरेको छ । त्यस्तै सभाले संचालक समिति तथा उपसमितिको बैठक भत्ता बृद्धि गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

यसैगरी सो साधारण सभाले संचालक समितिको बार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र लेखापरीक्षककोे नियुक्ती गर्ने प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको छ । साथै कम्पनी ऐन बमोजिम आ.व. २०७७/७८ मा भएको खर्चको अनुमोदन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL